गुरुपूर्णीमामा गुरुलाई सम्मान

  ।   २०७८ श्रावण ९, शनिबार १८:२५

नेपालगन्ज । गुरु पूर्णिमाको दिन योग समिति नेपालका संरक्षक एवं योग गुरुलाई सम्मान गरिएको छ । गुरु पुर्णिमाको शुभ अवसरमा आज विहान डाक्टर  गीरिराज भटराईलाई योग समितिका तर्फबाट शिष्यहरुले सम्मान पत्र सहित सम्मान गर्नु भएको हो ।

योगाभ्यासका साथै सो अवसरमा आजीवन सदस्यता प्राप्त सदस्यलाई सदस्यता वितरण गरियो । भृकुटीनगर टोल विकास समितीद्धारा उमेरका आधारमा योग प्रशिक्षकलाई सम्मान गरिएको थियो । सो अवसरमा योग समितिका सल्लाहकार विश्वजीत तिवारी, राजन राना मगर, नन्दलाल वैश्य, योग समितिका आजीवन सदस्य निम ब. शाक्य र कार्यक्रम संयोजक मिना न्यौपानेले योग र गुरुपूर्णीमा बारे बोल्नु भयो ।

Next Post

अविरल बर्षाले बझाङमा द्वारीगाड लघुजलविद्युतको भवन बगायो

२०७८ श्रावण ९, शनिबार १८:२५
बझाङ । बझाङमा अविरल बर्षाका कारण आएको बाढीले लघुजलविद्युतको भवन बगाएको छ । मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघुजलविद्युत आयोजनाको भवन बगाएको हो । करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको द्वारीगाड लघुजलविद्युत आयोजनाबाट द्वारी गाउँका करिब ५ सय घरधुरीले बत्ती बाल्ने गरेका थिए […]

सम्बन्धित समाचार