प्रेम विश्वकर्मा, बाँके ।
उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिदै गर्दा बाँकेमा स्थानीय तह निर्वाचनका गतिविधि ह्वातै बढेका छन । राजनीतिक दलहरु पार्टीका आधिकारिक उम्मेदवार छनौट गर्ने देखी भेटघाटमा बेस्त छन ।
नेताहरु सँग एकैछिन कुरा गर्ने समेत फुर्सद छैन ।
८ वटा पालिका र ८१ वटा वडा रहेको बाँकेमा धेरैको ध्यान भने नेपालगंजमा परिरहेको छ । नेपालगंज देशकै पुराना मध्येको एक ठुलो र औद्योगिक शहर भएकाले पनि नेपालगंजलाई राजनीतिको प्रमुख आकार्षणका रुपमा चासोका साथ हेरिएको हो ।
राप्रपा, काग्रेंस लगायतका राजनीतिक दल मिलिजुलीमा चलेको नेपालगंज स्थानीय सरकारको सत्ता यसपालि आफनो पक्षमा पार्ने दाउमा अन्य दल लागी परेका छन ।
नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर बिक (तुफान) ले भन्नुभयोे, ‘वडाका उम्मेदवारहरु टुङगीयो, गाउँपालिका, नगरपालिकाको बैशाख २ गतेको छलफलपछि टुङ्गो लाग्छ । कतिले नाम टिपाउनुहुन्छ्, त्यसैको आधारमा निर्णाय लिन्छौं ।’
नेपालगंजको उम्मेदवार को–को ? भन्ने जिज्ञासामा तुफानले भन्नुभयोे, ‘केन्द्रिय तहमा भएको बाँडफाँट अनुसार गठबन्धनमा के पर्छ, त्यसै अनुसार उम्मेदवार छनौट हुन्छ, इच्छा ब्यक्त गर्नु, चर्चामा आउने कुरा एउटा भईहाल्यो, हामीले मेयरमा दाबी गर्न केन्द्रिय तहमा भनीरहेका छौं ।’
संयोजक तुफानले उम्मेदवारहरुको नाम बारेमा भने केही बताउनुभयो ।
नेपाली काग्रेंसले पनि अबको एक दुई दिनमा उम्मेदवारहरुको टुगों लगाउने योजना बनाएको छ ।
नेपाली काग्रेंस बाँकेका सभापति नारायण प्रसाद गौडेलले भन्नुभयोे, ‘पार्टीले निरन्तरता, सक्षम, लोकप्रियता लगायतका आधारमा नीतिगत रुपमै उम्मेदवार छनौट गर्छ्, अन्य ठाउँमा जस्तै नेपालगंजमा पनि हुन्छ्, त्यस्तो फरक केही हुदैन ।’
सभापति गौडेलले पनि उम्मेदवारहरुको बारेमा केही बताउन चाहानुभयो ।
तर जनता समाजवादी पार्टी (जसपा) ले भने नेपालगंज सहित बाँकेका ४ वटा पालिकामा आफनो उम्मेदवारहरु टुगों लगाई सकेको छ ।
जसपा बाँकेका जिल्ला सचिव राजेन्द्र विश्वकर्माले भन्नुभयोे, ‘पार्टीको प्रभाव रहेको क्षेत्रमा उम्मेदवारी दिने योजना हो, त्यसै अनुसार नेपालगंजमा कमरुद्दिन राई (मेयर) र रमारानी बैष्य (उपमेयर) मा उम्मेदवार छनौट गरेका छौं ।’
आकांक्षीहरु धेरै देखिएपछि खास गरी नेपालगंजमा जसपा बाहेकका राजनीतिक दललाई उम्मेदवार छनौट गर्न निकै कसरत गर्नु पर्ने देखिएको छ ।
एउटै दल भित्रबाट दुईभन्दा बढी उम्मेदवारहरुको चर्चा हुन थालेपछि टिकट नपाएको झोकमा अन्तरघात र बागी उम्मेदवारीको संम्भावना पनि उतिकै बढेको छ ।
जसको फाइदा नेपालगंजमा निर्विरोध उम्मेदवार चयन गरेको जसपाले उठाउनेछ ।
#निर्वाचन #नेपालगंज