उपभोक्ता समितिका सभापति अब्दुलद्वारा बर्दियामा निर्माण कार्य सम्पन्न गर्न निर्देशन

  ।   २०८० फाल्गुन ७, सोमबार २०:४०

बर्दिया । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले बर्दियामा संचालित विकास निर्माणको काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सभापति खानको पहलमा संघिय सरकारले बिनियोजन गरेको बजेटबाट निर्माण भइरहेको विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन निर्माण कम्पनीलाई सभापति खानले आग्रह गर्नुभयो ।

गृह जिल्ला बर्दियामा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका सोमबार गुलरिया नगरपालिकाको वडा नं ११/१२ मा कब्रलाको बाउण्डरी निर्माण स्थल, वडा नं ८ मा ४० लाख लागतमा निर्माण भइरहेको मुक्ति नारायण भादा घाट, वडा नं १० मा थारु प्रशिया सम्मको रोड निर्माण र गुलरिया १ छोदापुरमा निर्माण भइरहेको सडक र नालाको साथै गुलरिया १ मा निर्माण भईरहेको अर्बौ लगानीको टायल उधोग लुम्बिनी सेरामी लिमिटेडको समेत निरिक्षण गर्नु भएको थियो ।

उहाँले यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो मापदण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न संघिय आयोजना कार्यान्वयन निकाय नेपालगञ्जका सब इन्जिनियर बलराज सिग्देल सहित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।

इन्जिनियर सिग्देलले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरि ठेकेदारहरुले काम गरिरहेको जानकारी गराउनु भएको थियो । यसैगरी सभापति खानलले जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कढायतको अध्यक्षतामा बर्दियाका उधोग वाणिज्य संघको प्रतिनिधि, व्यपारी र सरोकारवाला संग व्यापारीहरुको समस्या र सरकारले बनाउने नितिहरुको बिषयमा छलफल गर्नु भएको स्वकिय सचिव अतिउल्ला मुसलमानले जानकारी दिनु भयो। ।

Next Post

विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादबाट शान्ति सैनिकले खतराको समाना गर्नुपरेको छ : प्रधानमन्त्री

२०८० फाल्गुन ७, सोमबार २०:४०
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ । ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने बताउनुभयो । शान्ति स्थापना […]