भारतमा फेरि फैलियाे काेराेनाकाे सङ्क्रमण, महाराष्ट्र, पञ्जाब र गुजरातमा लकडाउन

  ।   २०७७ चैत्र २, सोमबार ०८:४०
unn.prixa.net

काठमाण्डाै | भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ ।

गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएको डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई सङ्क्रमण भएको पाइएको थियो ।

भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजारभन्दा धेरैको ज्यान गएको छ  भने एक करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

यस्तै, अहिलेसम्म दुई करोड ९७  लाख  ३८ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरातलगायतका विभिन्न ठाउँमा सङ्क्रमण बढ्दै गएको पाइएको छ ।

यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यु लगाइएको छ । कोरोनाको झण्डै ६०  प्रतिशत सक्रिय सङ्क्रमित महाराष्ट्रमा पाइएको छ ।

Next Post

सत्ता समिकरणबारे छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बस्दै

२०७७ चैत्र २, सोमबार ०८:४०
काठमाडौं । नयाँ सत्ता समिकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को त्रिपक्षिय बैठक आज बस्दैछ । यी तीन दलहरुबीच एक आपसमा पटक पटक छलफल भएपनि सत्ता सहकार्यकै लागि पहिलो पटक त्रिपक्षिय बैठक बस्न लागेको हो । आजको बैठकले भावी प्रधानमन्त्रीबारे सहमति जुटाउने कांग्रेस नेताहरुले बताएका […]