गुलरियामा पंचकर्म (पूर्वकर्म) सेवा एवं आधारभूत प्रयोगशाला सेवा संञ्चालन

  ।   २०७७ पुष २७, सोमबार १३:४८

संवाददाता, गुलरिया
२७ पौष २०७७ ।
बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियामा आइतबार देखी पंचकर्म (पूर्वकर्म) सेवा एवं आधारभूत प्रयोगशाला सेवा संञ्चालनमा ल्याईएको छ ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्र्तगतको यो स्वास्थ्य केन्द्रमा पहिले कोठाको अभावमा गुणस्तरिय पंचकर्मका सेवाहरु दिन सकिएको थिएन ।

अब देखी भने सहज स्वास्थ्य सेवा उपलब्ध हुने कार्यालय प्रमुख डाक्टर कलावती विश्वकर्माले जानकारी दिनुभयो ।

पंचकर्म (पूर्वकर्म) सेवा एवं आधारभूत प्रयोगशाला सेवाको एक औपचारिक समारोहका बीच जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारु (शेखर), प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रधान न्यायधिवक्ता ऋषिकेशव बस्याल, गुलरिया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गीता बस्नेत लगायतको उपस्थितीमा उद्दघाटन गरिएको हो ।

समारोहमा आयुर्वेद स्वास्थ्य सेवाका बारेमा चर्चा गरिएको थियो ।

के हो पंचकर्म ?
यो एक शरीरलाई स्वस्थ राख्न र शरीर भित्रका दोषहरु (नराम्रो) कुरालाई बाहिर निकाल्ने प्रक्रिया हो । यसमा ५ वटा कर्महरु पर्दछन । जसमा वमन, विरेचन, बस्ती (अनुवासन र आस्थापन), शिरोविरेचन र रक्तमोक्षण जस्ता कर्महरु पर्दछन ।

यिनी ५ वटा कर्महरु गर्नु भन्दा अगाडीको कर्मलाई पूर्व कर्म भनिन्छ । जसमा स्नेहन र स्वेदन कर्म पर्छ ।

जसमा रोग अनुसार जडीबुटी युक्त तेलले समस्या भएको अंगमा मालिस गरेर जडीबुटी युक्त वाफ द्धारा सेक्ने काम गर्नुका साथै सर्वाग स्वेदन, कटी वस्ती, जानु वस्ती, ग्रीवा वस्ती, शिरोधारा, नष्यकर्म जस्ता पंचकर्म मध्येका कर्महरु गरिन्छ ।

#बर्दिया   #आयुर्वेद   #स्वास्थ्य   #गुलरिया

Next Post

धेरै जसो स्थानमा हुस्सु र कुहिरो

२०७७ पुष २७, सोमबार १३:४८
संवाददाता, नेपालगंज । आज देशका तराई भू–भागका धेरै जसो स्थानहरुमा हुस्सु र कुहिरो लाग्यो । हुस्सु र कुहिरो लागेपछि राम्ररी घाम लाग्न सकेन । बाँके सहित देशका विभिन्न भागमा चिसो बढेपछि आम सर्वसाधारणको दैनिकीमा भने असर पुगेको छ । -थप जानकारीका लागी यो वेवसाइडमा जानुहोस । मौसम