नेपालगन्जमा ७ जनालाई कोभिड संक्रमण देखियो

  ।   २०७९ चैत्र १०, शुक्रबार २१:१९

नेपालगन्ज । नेपालगन्जमा शुक्रबार ७ जनामा कोभिड संक्रमण देखिएको छ  । नेपालगन्जको जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा कोभिड एन्टिजिन चेकजाँच गर्ने क्रममा ७ जनालाई कोभिड संक्रमण देखिएको डिसिएमसी बाँकेका फोकल पर्सन एवं नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा दैलेखका ७ जना विद्यार्थी रहेको वलीले बताउनु भयो । दैलेखबाट भारतको राजधानी दिल्ली भ्रमण गरेर फर्केका ४ पुरुष र ३ महिला गरी ७ जना विद्यार्थीमा कोभिड संक्रमण देखिएको उहाँले बताए । शुक्रवार जमुनाह नाका हुँदै भारतबाट नेपाल आएका १ सय ६१ जना संकास्पद व्यक्तिहरुलाई कोभिड १९ चेकजाँच गर्दा उनिहरुमा संक्रमण देखिएको हो ।

शुक्रवार संक्रमण देखिएका विद्यार्थीहरुमा सामान्य रुघाखोकी बाहेक अन्य जटिल लक्षण नदेखिएको हुँदा सबैलाई सम्बन्धित स्थानीय तह सङ्गको समन्वयमा होम आइसोलेसनमा बस्ने गरी आइसोलेट गरी घर पठाइएको जनस्वास्थ्य निर्देशक वलीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा भारतबाट नेपाल आउनेहरुमा कोभिड संक्रमण देखिन थालेको भन्दै उहाँले सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न अनुरोध गर्नु भएको छ । यो महिनामा मात्र उक्त नाकामा चेकजाँच गर्दा १७ जनामा कोभिड संक्रमण देखिएको वलीले जानकारी गराउनु भएको छ ।

Next Post

नेपालगन्जमा संरक्षित वन्यजन्तु सालकसहित ६ जना पक्राउ

२०७९ चैत्र १०, शुक्रबार २१:१९
नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार संरक्षित वन्यजन्तु सालकसहित ६ जना पक्राउ परेका छन । उनिहरुको साथबाट एउटा स्कार्पियो गाडी र एउटा मोटरसाइकल पनि बरामद भएको छ । शनिबार बिहान साढे ९ बजेको समयमा इलाका प्रहरी कार्यालय कोहलपुरले उनिहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, मिलननगरस्थित होटल अतिथी अगाडीबाट नियन्त्रणमा लिएको जनाएको […]