राष्ट्रपतिले अपरान्ह ४ बजेका लागि बोलाइन् सर्वदलीय बैठक

  ।   २०७७ चैत्र ३, मंगलवार ०७:१६
राष्ट्रपतिले अपरान्ह ४ बजेका लागि बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पुर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ सचिव टीका ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपतिले यसअघि नै दलहरू सङ्ग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासंगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ ।

आगामी राजनीतिक परिस्थिति र संकटको निकासबारे छलफल गर्न राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएको बुझिएको छ ।

Next Post

सल्यानमा चार करोडको अदुवा निकासी

२०७७ चैत्र ३, मंगलवार ०७:१६
सल्यान । सल्यानबाट चालु आर्थिक वर्षमा चार करोडको बुर्नी अदुवा निकासी भएको छ। कृषि विकास कार्यालयका अनुसार ८२५ मेट्रिक टन अदुवा उत्पादन भएको छ। बेमौसमी उत्पादन भएकाले किसानहरुले बुर्नी अदुवाले राम्रो मूल्य पाएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए। उत्पादित अदुवामध्ये पाँच मेट्रिक टन सल्यानमा नै खपत भएको र […]