वामदेवलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय

  ।   २०७७ भाद्र १८, बिहीबार १८:५७

नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने भएको छ ।

आज सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

कार्यदलको प्रतिवेदनमाथि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाइ सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो ।

उज्यालो अनलाइनबाट

Next Post

४४ जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र १८, बिहीबार १८:५७
बाँके । बाँके जिल्लामा आज बिहीवार ४४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि भएकाहर १० महिला र ३४ पुरुष हुन् । भेरी अस्पताल नेपालगन्जको PCR ल्याबबाट ३९ र बागेश्वरी ल्याबबाट ५ जना गरि ४४ जाना कोरोना पुष्टि भएको स्वास्थ्य फोकोल पर्शनले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ । […]