४४ जना कोरोना संक्रमित थपिए

  ।   २०७७ भाद्र १८, बिहीबार २१:१३

बाँके । बाँके जिल्लामा आज बिहीवार ४४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि भएकाहर १० महिला र ३४ पुरुष हुन् । भेरी अस्पताल नेपालगन्जको PCR ल्याबबाट ३९ र बागेश्वरी ल्याबबाट ५ जना गरि ४४ जाना कोरोना पुष्टि भएको स्वास्थ्य फोकोल पर्शनले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

४४ जना संक्रमित थपिए संगै बाँकेमा कोरोना संक्रमितहरुको कुल संख्या ११ सय ३९ पुगेको छ भने ७ सय ८३ जना निको भएर घर फर्की सकेका छन् । विभिन्न आइसोलेसन केन्द्रमा ३ सय ५० जना उपचाररत छन् । हालसम्म मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Next Post

गतिलो निर्णय जनतालाई राहत कोरोना जाँच गर्न २ हजार २ सय मात्र

२०७७ भाद्र १८, बिहीबार २१:१३
नेपालगन्ज । अबदेखि स्वैच्छिक रुपमा कोरोना जाँच गराउन चाहानेलाइ २ हजार २ सय रुपैया मात्र लाग्ने भएको छ । चर्को मुल्यका कारण कोरोना जाँच गराउन नसकिरहेको बेला सुलभ मुल्यमा जाँच गराउन पाउने नियम संगै नेपालगन्जमा यो कार्यको प्रशंसा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त […]

सम्बन्धित शीर्षक