चीनमा कोरोना भाइरसबारे निकालिएको निष्कर्ष विश्वसनिय नभएको डब्लुएचओको दावी

  ।   २०७७ चैत्र १८, बुधबार ०७:०८

चीनमा कोरोना भाइरसबारे निकालिएको निष्कर्ष विश्वसनिय नभएको डब्लुएचओको दावी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको बारेमा चीनको एक प्रयोगशालाबाट निकालिएको निष्कर्षबारे थप अनुसन्धान आवश्यक रहेको जनाएको छ ।

डब्लुएचओ प्रमुख टेड्रस अडानोम गेब्रेयसिसले कोरोना भाइरसबारेका निष्कर्ष अझै पूर्ण नभएकाले थप अनुसन्धान आवश्यक रहेको बताएका हुन् । सो अनुसन्धाबारेका महत्वपूर्ण सूचना चुहावट भएकाले थप अनुसन्धान आवश्यक रहेको डब्लुएचओको दावी छ । तर चीनले सो आरोपको खण्डन गरेको छ ।

सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखा परेको थियो । कोरोनाका कारण हालसम्म करिव २७ लाख मानिसको मृत्यु भइसकेको छ । यस्तै संसारभर करिब १३ करोड मानिस प्रभावित भएका छन् ।

विज्ञहरुको अन्तर्राष्ट्रिय टोलीले गत जनवरीमा चीनमा गरेको एक अध्ययन गरेको थियो । सो अध्ययन चिनियाँ अधिकारीहरुले उपलब्ध गराएको प्रमाणका आधारमा मात्र भएको भन्दै प्रश्न उठाइएको थियो । डब्लुएचओको टोलीलाई कोरोनाबारे स्वतन्त्र रुपमा अध्ययन गर्न नदिएको भन्दै चीनको सर्वत्र आलोचनासमेत भएको थियो ।

Next Post

लुम्बिनी प्रदेशसभा बैठक आज

२०७७ चैत्र १८, बुधबार ०७:०८
काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक ६ महिनापछि आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिव दुर्लभकुमार थापा जानकारी दिनुभएको छ । आजको बैठकको कार्यसूची भने तय गरिएको छैन् । गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन […]