योङ्ग कम्युनिस्ट लिग बाँके द्वारा १ सय ५ पिन्ट रगत दान

रक्तदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश देखि जिल्ला तह सम्मका नेता-कार्यकर्ता

  ।   २०७८ जेष्ठ २९, शनिबार १७:०१

नेपालगन्ज । योङ्ग कम्युनिस्ट लिग नेपाल जिल्ला कार्यसमिति बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गर्नुभएको छ । एक सय पाँच जनाले रक्तदान गरेको सो कार्यक्रममा १ सय ५ पिन्ट रगत दान गरेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगर इन्चार्ज अक्कल बहदुर बमले बताउनु भयो । रक्तदान कार्यक्रममा रक्तदान गर्न उपमहानगर इन्चार्ज अक्कल बहादुर बम, लुम्बिनी प्रदेश सदस्यीय नरेन्द्र न्यौपाने, योङ्ग कम्युनिस्ट लिग नेपालका केन्द्रिय सचिव रतनबहादुर शाही, केन्द्रिय सदस्य गणेश शाही, जिल्ला संयोजक आकाश कार्की, उपमहानगर अध्यक्ष डिल्ली बराल उ विद्यार्थी नेता तुल्सिमनी केसी लगाएतक नेेेताहरुको स्थिति रहेको थियो ।

देशमा कोरोना भाइरसको दोस्रो लहर संगै नेपालगन्जको ब्लड बैंकमा रगतको अभाव पुर्ती गर्न रक्तदान गरेको योङ्ग कम्युनिस्ट नेपालाका केन्द्रिय सचिव रतन बहादुर शाहीले बताउनु भयो । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको स्वास्थ्य भरोसाको रुपमा रहेको नेपालगन्जका अस्पतालमा जहिले पनि रगतको कमिहुने कुरालाइ मध्यनजर गरि रगत संकलन गरेको वाइसीएल नेपालका बाँके जिल्ला संयोजक आकाश कार्कीले बताउनु भयो ।सर्वसाधारणले ब्लड नपाएर अकालमा मृत्युु हुनुपरेको धेरै घटना सुन्नमा आउँछ । त्यसैले सर्वसाधारण, पहुँच नभएकाहरुलाइ रगत सजिलै उपलब्ध गराउ रक्तदान कार्यक्रम गरेको वाइसीएल बाँकेलाई प्रदेश सदस्य बमले धन्यवाद दिनु भयो ।

Next Post

युनेस्को बाँकेद्वारा हिंसाबाट पिडित बालबालिकालाई कोभिड सुरक्षा सामाग्री र कपडा हस्तान्तरण

२०७८ जेष्ठ २९, शनिबार १७:०१
नेपालगञ्ज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा हिंसा पिडितलाई आश्रय दिन स्थापना गरिएको सेफ हाउस (सेवा केन्द्र) लाई कोभिड सुरक्षा सामाग्री र कपडा हस्तान्तरण गरेको छ । प्लान नेपालद्धारा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत विभिन्न प्रकारका हिंसाबाट पिडित भै सेफ हाउसमा आश्रय लिईरहेका बालबालिकालाई कोभिड सुरक्षा सामाग्री र कपडा […]

सम्बन्धित समाचार