संस्थाको क्षमता बिकासकालागि तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि

  ।   २०८० आश्विन १५, सोमबार १९:२६

नेपालगन्ज । बाँके युनेस्को क्लबको क्षमता सबलीकरणका लागि तीन दिने समिक्षा तथा रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ ।

संस्थाको परिकल्पना, ध्येय, उदेश्य, रणनितिक योजना र अन्य निति बारे समिक्षा गर्दै संस्थाको सबलीकरण र संस्थागत विकासका लागि सो कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँकेको गाभरमा आयोजना गरिएको सो कार्यशाला गोष्ठिमा संस्थाका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, विभिन्न परियोजनामा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । सो महत्वपुर्ण कार्यशालाको सहजकर्ता मधु दवाडी रहनु भएको थियो भने कार्यशालाबाट संस्थाको रणनैतिक योजना निर्माणमा सहजता भएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष तुलाधरको सभापतित्वमा सम्पन्न भएको कार्यशालाको समापन कार्यक्रममा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, पुर्व अध्यक्ष राजेन्द्र चौधरी, महासचिव बुधेश जयसवाल, कोषाध्यक्ष फिरदौस जहाँ र कार्यसमिति सदस्य मिना भुषाल लगायतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा सहभागिको तर्फबाट क्लबका कार्यक्रम अधिकृत गुलाम गौस, चोमलुंगा युनेस्को क्लबका अनिसा न्यौपाने र क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले कार्यशाला निकै उपलब्धीमुलक भएको र यसले संस्थालाई सबलीकरण गर्न ठुलो सहयोग गरेको प्रतिक्रिया दिनुभयो ।

क्लबका कार्यक्रम संयोजक महेश नेपालीले सञ्चालन गर्नु भएको सो समापन कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष तुलाधरले सहभागिहरुको उत्कृष्ठ सहभागिता र सहजीकरण गर्ने व्यक्तित्वको मिहिनेतले क्लबको संस्थागत विकासमा ठुलो योगदान पुगेको भएको बताउनुभयो ।

Next Post

परिस्थितिलाई काबु भान्दा बाहिर जान नदिन नेपालगन्जमा कर्फ्यु

२०८० आश्विन १५, सोमबार १९:२६
  सबिता चन्द नेपालगन्जमा सामाजिक दंग्गा नफैलियोस भनेर बाँके जिल्ला प्रशासनले मंगलबार अपरान्ह देखि कर्फ्यु लगाउने निर्णय गरेको जनाएको छ । परिस्थितिलाई काबु बाहिर जान नदिन कर्फ्यु लगाइएको हो । दुई पक्ष बीच भएको समान्य बिवादलाई धार्मिक एवम राजनितिक रंग दिएर आफ्ना कुशित अभिष्ट पुरा गर्न खोज्ने व्यक्ती तथा समूहहरु […]