संवाददाता, बर्दिया ।
बर्दियाको बढैयाताल गाउँपालिका ८ का १७ बर्षिय सन्देश चौधरीको दुबै मृगौलाले काम गर्न छोडेपछि औषधी उपचार गर्न आर्थिक समस्या परेको परिवारले जनाएको छ ।
गरिब तथा विपन्न परिवारका सन्देशको उपचारमा सहयोग गरिदिन वडा नम्बर ८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठले सिफारिस पत्र अनुरोध गर्नुभएको छ ।
सहयोगीदाताहरुलाई बुवा नन्दु थारुको नाममा सिभिल बैंक शितला बजार बर्दियामा रहेको खाता नम्बर ०९०१०४३५२०८०१९ मा आर्थिक रकम जम्मा गर्न सकिने पनि जनाईएको छ ।