१ देखि १० सम्मका पाठ्यपुस्तक अनलाइन माध्यमबाटै पढ्न पाइने

  ।   २०७८ कार्तिक १९, शुक्रबार १५:१२

संवाददाता ।

अब कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक अनलाइन माध्यमबाटै पढ्न पाइने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्य पुस्तक पढ्न र हेर्न सकिने छ ।

कोभिड–१९ को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको हो ।

कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हेर्न सकिने गरी तयार गरिएको सिकाइ चौतारीको शुभारम्भ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गर्नुभएको छ ।

पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, डिस्नेरीबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत हेर्न सकिने गरी विकास गरिएको छ ।

दुरदराजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रमलाई सहज, सरल ग्रहणशील गराउनुपर्ने मन्त्री पौडेलले बताउनुभयो ।

सिकाई चौतारी चलाउँदा न्युनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पु¥याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिनुभयो ।

इन्जिनियर कविन्द्र मानन्धरले लामो समयको कसरतपछि यो कामले सफलता पाएको बताउनुभयो ।

सगरमाथा टिभीबाट

Next Post

न्यूजिल्यान्डमा इच्छा मृत्यु रोज्न पाउने कानुन लागू, निको नहुने रोगीलाई राहत

२०७८ कार्तिक १९, शुक्रबार १५:१२
संवाददाता । न्यूजिल्यान्डमा आज नोभेम्बर ७ तारिखदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ । अक्टोबरमा भएको जनमत संग्रहमा दुइ तिहाइ बहुमत (६५.१) प्रतिशतले उक्त कानुन पास भएको स्टफ न्यूजले भिडियो सार्वजनिक गरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो । कुनै […]