परिस्थितिलाई काबु भान्दा बाहिर जान नदिन नेपालगन्जमा कर्फ्यु

  ।   २०८० आश्विन १६, मंगलवार १४:४४

 

सबिता चन्द

नेपालगन्जमा सामाजिक दंग्गा नफैलियोस भनेर बाँके जिल्ला प्रशासनले मंगलबार अपरान्ह देखि कर्फ्यु लगाउने निर्णय गरेको जनाएको छ । परिस्थितिलाई काबु बाहिर जान नदिन कर्फ्यु लगाइएको हो ।

दुई पक्ष बीच भएको समान्य बिवादलाई धार्मिक एवम राजनितिक रंग दिएर आफ्ना कुशित अभिष्ट पुरा गर्न खोज्ने व्यक्ती तथा समूहहरु सल्बनाउन थालेको अनुभव गर्दै बाँके प्रशासनले मंगलबार बिहान बसेको सयुंक्त सुरक्षा समितिको निर्णय बमोजिम आवश्यकता अनुसार कर्फ्यु जारी गर्ने निर्णय गरेको हो ।

मंगलबार (आज) बिहान सर्व धर्म, सर्व दलका धर्मगुरु, नेता, सामाजिक अगुवाहरुले सद्भाव र्‍याली निकालेका थिए । त्यो र्‍याली भए लगतै १० बजे अर्को पक्षले र्‍याली निकालेको थियो । यही क्रममा दंगा फैलिने डरले कर्फ्यु लागिएको प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले नेपालगञ्जमा परिस्थितलाई काबु भन्दा बाहिर जान नदिन मंगलबार अपरान्ह देखी कर्फ्यु आदेश जारी गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।

हिजो एकपक्षबाट नारा जुलुस गरेको र आज फेरी अर्को पक्षबाट नारा जुलुस गरेको घटनाको बिश्लेषण गर्दै स्थितलाई भडकिन नदिन प्रशासनले कर्फ्यु जारी गर्ने निर्णय गरेको हो ।

Next Post

देशका विभिन्न स्थानमा भुकम्पको धक्का सर्वसाधारण त्रसित

२०८० आश्विन १६, मंगलवार १४:४४
नेपालगन्ज । देशका विभिन्न स्थानमा भुकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाई  भुकम्प गएपछि देशैभर त्यसको महसुस भएको हो । मंगलबार दिउँसो २ बजे र ४० मिनेटको समयमा बझाङको पालकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको पहिलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै दिउँसो ३ […]

सम्बन्धित समाचार