एलीट वर्ग जम्ने ठमेलको ‘एलओडी’ आजदेखि दोस्रो वर्षमा, सुगमले नचाउने र सन्दीपले हसाउने

‘सरकारले रात्रीकालीन व्यवसायको लागि समय बढाउनुपर्छ’

  ।   २०७७ माघ २८, बुधबार ०७:२४

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा हिजो आज मानिसको चहलपहल बढन थालेको छ। सधै रुमानी हुने ठमेल कोरोना कहरसँगै सुनसान बनेको थियो। मङ्सिर दोस्रो सातादेखि ठमेलका व्यापारीहरुले स्वतः स्फुर्त आफैं व्यवसाय सञ्चालन गर्न थालेका थिए। साँझदेखि मानिसको चहलपहल बढन थालिसकेको छ। रात्रीकालीन व्यवसायमा सबैभन्दा बढी ग्राहक क्लब र डान्स बार देखिन्छन्।

छोटो समयमा ख्याति कमाउन सफल एल ओडी (लड अफ द ड्रिङ्स) क्लब स्थापना भएको दुई वर्ष पुगेको छ। आज दोस्रो वार्षिकोत्सव मनाउँदैछ। कोभिड महामारीको बीचमा बिस्तारै रात्रीकालीन व्यवसायले गति लिन थालेको छ। नेपालमा कोभिड विरुद्धको खोप सुरु भएपछि मानिस रम्न थालेका छन्।

काठमाडौंका ‘एलिट’ वर्ग जम्ने भव्य क्लब तथा लाउञ्जको रुपमा परिचित एल ओडी अहिले सबै वर्गको रोजाइमा पर्दै गएको छ। मुलुकमा कोरोना महामारी सुरु भएसँगै चैत ११ देखि लकडाउन भएपछि रात्रीकालीन व्यवसायमा असर गरेको भन्दै गत मङ्सिर १७ गतेदेखि पुनः एल ओडी सञ्चालनमा आएको थियो।

एलओडी सञ्चालन भएको दुई वर्ष पुगेको अवसरमा र कोरोना महामारीले थलिएको व्यापार बिस्तारै उठाउन सकिन्छ भन्ने उद्देश्यले वार्षिकोत्सव मनाउन लागिएको एल ओडी क्लबका निर्देशक रविन श्रेष्ठ बताउनु हुन्छ । उहाँका अनुसार त्यस दिन नेपालका चर्चित कलाकार सुगम पोख्रेल र हास्य कलाकार सन्दीप क्षेत्रीले प्रस्तुती दिनेछन्।

एलओडीलमा नाच्न मात्र आउने होइन बेला–बेलामा हाँस्नुपर्छ भनेर विभिन्न विधाका कलाकारलाई बोलाउन लागिएको उहाँले बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, ‘सन्दिपले यस पटक नाच्न आउनेलाई हसाउने छन्। हाँस्दै नाचेर दर्शकहरु रमाउने छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा महामारीको बाबजुदमा पनि व्यवसाय अगाडि बढाइरहेका छौ।’

वार्षिकोत्सवमा अन्य प्रस्तुती पनि रहेको उहाँले जानकारी दिनुभयो। नेपाली ब्यान्ड र फायर डान्स पनि हुन्छ। स्थापना भएदेखि देशी तथा विदेशी कलाकारले प्रस्तुती दिइसकेका छन्। भारतीय कलाकार नेहा कक्कर र नेपालका चर्चित ब्यान्ड आफ्नो प्रस्तुती दिइसकेको उहाँले बताउनुभयो ।

एलओडीमा भारतीय, टर्की, जर्मनी र इटालीका कलाकारले प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेका छन्। यस वर्ष महामारीमा धेरै मानिसहरुले तनाव झेल्नुपर्ने परेकोले पनि मनोरञ्जन दिने उदेश्यले दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाउन लागिएको उहाँले बताउनुभयो।

‘हामीले कल्ब स्थापना गरेर नेपाली संगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौ,’ उहाँले भन्नुभयो, ‘यो स्थान कलाकारहरुको लागि केही गर्छु भन्ने मानिसको लागि एउटा प्लेटफर्म बनेको छ। यहाँ धेरै संगीतिक समूहले अवसर पाएका छन्।’

सुरुवातमा क्लब स्थापना गर्दै गर्दाको समयमा धेरै मानिसले यस्तो ठाउँमा ठूलो लगानी गरेर खोल्दा लगानी खेर जाने सक्ने प्रतिक्रिया दिने गरेको उनी सम्झन्छन्। अहिले आएर नेपालको सबैभन्दा राम्रो क्लब खोल्न सकेको र छोटो समयमा ख्याति कमाउन सकेको उहाँ सुनाउनुहुन्छ । कोभिड महामारी हुदैन थियो भने यसले अझ बढी ख्याति कमाउनेमा उहाँको विश्वास छ।

क्लबमा १ सय ५० भन्दा बढी कर्मचारी छन्। शुक्रबार र शनिबार मनोरञ्जनका लागि बढी मानिसको जमघट बढने उहाँको भनाई छ। एलओडीले लकडाउनको समयमा आर्थिक रुपमा ठूलो क्षति व्यहोर्नु परेको थियो। सबैतिर यसको प्रभाव परेकाले आफै चित्त बुझाउने ठाउँ रहेको उहाँको भनाई छ।

लकडाउन पछि क्लब खोलेको २ महिना भन्दा बढी भइसकेको छ। क्लबमा भएको आर्थिक कारोबारले निराशा नबनाएको उहाँले बताउनुभयो। ठूलो लगानीमा खुलेकोले यस क्षेत्रमा महामारीले व्यापक असर गरेको छ। सबै क्षेत्र थलिएकाले बिस्तारै सञ्चालन हुँदै गएको व्यवसायले सन्तुष्ट भएको उहाँ सुनाउनुहुन्छ । एलओडीमा बढी युवायुवतीहरू र पारिवारीक मानिसहरु पनि आउने गर्छन्।

‘नेपालमा कोरोनाको खोप आएपनि यसको जोखिम उत्तिकै रहेको छ,’ उहाँ भन्नुहुन्छ । क्लब भित्र जनस्वास्थ्यको सम्पूर्ण मापदण्ड पालना गर्न गरिएको उहाँले बताउनुभयो। सबै कर्मचारीले फेस सिल, स्यानिटाइज गर्ने र मास्क लगाउने गरेका छन्।

सरकारले स्वतन्त्र रुपमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्नलाई वातावरण बनाइदिनुपर्ने उनको माग छ। मानिसहरु बढी आइरहेको समयमा बन्द गरिहाल्नुपर्ने बाध्यता छ। ‘अहिले १२ बजे सम्म खोल्ने गरिएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘सञ्चालन गर्नको लागि थप समय बढाइनुपर्छ। समयको सिमा तोकिनु हुदैन। समयको सीमाले रात्रीकालीन व्यवसायलाई असर पर्दै गएको छ। – थाहाखबर

Next Post

कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिइने

२०७७ माघ २८, बुधबार ०७:२४
कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका साथै प्रकाशक सञ्चार गृहलाई पनि आर्थिक सहयोग गर्ने बताउनु […]