नेपालगन्ज । देशका विभिन्न स्थानमा भुकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाई भुकम्प गएपछि देशैभर त्यसको महसुस भएको हो । मंगलबार दिउँसो २ बजे र ४० मिनेटको समयमा बझाङको पालकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको पहिलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै दिउँसो ३ बजे र ६ मिनेटमा पनि बझाङकै चैरपुर आसपास केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको थियो भने भुकम्पको धक्का नेपालगन्ज लगायत विभिन्न स्थानमा पनि महसुस गरिएको थियो । सो भुकम्पको धक्काले सर्वसाधारण त्रसित छन् ।