भुमिहिनकी नेत्री प्रेमा शाहीको पक्षमा डुडुवाका जनता

  ।   २०७९ बैशाख २२, बिहीबार २०:०६


नेपालगन्ज । भुमिहिनको पक्षमा बर्षौ देखि वकालत गर्दै आउनु भएकी नेत्री प्रेमा शाहीको पक्षमा डुडुवाका जनताको साथ बढ्दै गएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षका उम्मेदवार शाही लामो समय देखि भुमिहिन सुकुम्बासी जनताको पक्षमा वकालत गर्दै आउनु भएको छ ।

डुडुवा गाउपालिका माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार जगदीश सिंह ठाकुर र उपाध्यक्ष प्रेमा शाही चुनावी प्रचारप्रसारमा घरदैलो अभियानमा लाग्नु भएको छ । सुकुम्बासीका नेता कार्यकर्ताहरुको आर्थिक अवस्था निकै कमजोर भएको हुनाले पनि प्रचार सामग्री कमिका बीच पनि लागेको उपाध्यक्षका उम्मेदवार शाहीले बताउनु भयो । नेता शाहीका अनुसार २०७४ को निर्वाचन भन्दा यसपटक जनताको साथ बढ्दै गएको छ् । डुडुवा गाउपालिका अध्यक्ष नरेन्द्र चौधरीले भुमिहिन/सुकुम्बासीको लागि कुनै काम नगरेकोले पनि यसपटक माओवादीको पक्षमा जनलहर बढेको नेता ठाकुरले नताउनु भयो ।

यसपटक डुडुवाका ७/८ वडा जित्ने दाबी नेता शाहीको छ । जनताको घरदैलोमा दैनिक जाने गरेको जनताहरुको भनाइ छ । जनता स्वतस्फूर्त तरिकाले चुनावी प्रचारप्रसार लागेको स्थानीय कालू गिरीले बताउनु भयो ।

Next Post

नेपालगन्ज-१९ लाई नमुना वडा बनाउने योगीको प्रतिबद्धता

२०७९ बैशाख २२, बिहीबार २०:०६
नेपालगन्ज । नेपालगन्ज-१९ नेकपा माओवादी केन्द्र तर्फका अध्यक्षका उम्मेदवार  शम्भु नाथ योगीले आफुले जिते वडाबासीलाई निशुल्क स्वास्थ्य र शिक्षाको वयवस्थाका सथै नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।  बिहिवार घरदैलो समापन कार्यक्रममा योगिले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो । उम्मेदवार योगीले जनताका साना भन्दा साना समस्यालाई निजिकबाट […]