दाङका दुईजना कोरोना संक्रमितको बाँकेमा मृत्यु

  ।   २०७७ मंसिर १९, शुक्रबार ०८:५९


नेपालगन्ज । दाङका थप दुईजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Next Post

निजी विद्यालयहरुलाई एक दशकभित्रमा एउटै साँझा ढाँचाभित्र ल्याउने गरी सार्वजनिक सुचीमा बदल्न सुझाव

२०७७ मंसिर १९, शुक्रबार ०८:५९
संवाददाता । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयहरुलाई एक दशकभित्रमा एउटै साँझा ढाँचाभित्र ल्याउने गरी सार्वजनिक सुचीमा बदल्न सुझाव दिएको छ । आज सार्वजनिक गरिएको अयोगको प्रतिवेदनमा निजी विद्यालयलाई क्रमश : गैरनाफामुलक सामाजिक संस्थाको रुपमा विकास गरिनुपर्ने भनिएको छ । शिक्षामा निजी क्षेत्रको लगानीलाई नियमन गर्दै सेवामूलक बनाउनुका साथै निजी […]

सम्बन्धित समाचार