जापानबाट आज ६ लाख डोज खोप आउँदै

  ।   २०७८ भाद्र ७, सोमबार ०८:००

काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएकोमध्ये सोमबार बाँकी करिब ६ लाख डोज खोप काठमाडौं आइपुग्दैछ। खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुगानाले जानकारी दिए।

सोमबार ल्याएपछि जापान सरकारले सहयोग गरेको सबै १६ लाख डोज खोप नै आइपुग्नेछ। यसअघि शनिबार २ लाख डोज खोप ल्याइएको थियो। यस्तै‚ साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाडौं आइपुगेको थियो।

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप सहयोग गरेको हो। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ।

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ जनाले पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

Next Post

मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, साढे २३ लाखको हात खाली हुने

२०७८ भाद्र ७, सोमबार ०८:००
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बिहान ८ः३० बजे बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गर्ने कार्यक्रम छ। कम्पनीको प्री–अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ। मानुषीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ। गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ। […]

सम्बन्धित समाचार