मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, साढे २३ लाखको हात खाली हुने

  ।   २०७८ भाद्र ७, सोमबार ०८:०१

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बिहान ८ः३० बजे बाँडफाँट हुँदैछ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गर्ने कार्यक्रम छ। कम्पनीको प्री–अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ। मानुषीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ।

गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ। यसमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने छन्। २३ लाख ६६ हजार १९५ जना भने आईपीओ पाउनबाट बञ्चित हुनेछन्।

मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ३६५ अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ खुला गरेको हो।

Next Post

कोभिड महामारीमा सूचनाको बमबारी

२०७८ भाद्र ७, सोमबार ०८:०१
कोभिड–१९ को विश्वव्यापी महामारी पहिलो लहर, भन्दा दोस्रो लहर पश्चिम नेपालका तराई क्षेत्रमा पर्ने बाँके, बर्दियाका लागी निकै घातक र संक्रामक भई समुदायमा ब्यापक फैलियो । घर–घरमा संक्रमित भेटिए । पहिलो लहरका समेत गरी दुई वर्षको अवधिमा बाँकेमा जेठ २५ गते अपराहन्न साढे ४ बजे सम्म १७२८५ संक्रमित र बर्दियामा […]

सम्बन्धित शीर्षक