वैदेशिक रोजगारीका लागि सीप अनिवार्य, ‘लियाना’ले स्वदेशमै स्वरोजगारको बाटो खोल्दै

  ।   २०८२ असार २४, मंगलवार १८:१८

बाँके । वैदेशिक रोजगारीमा जान अब पेसागत सीप अनिवार्य भएपछि दक्ष भएर विदेशिने युवाको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ। सीपयुक्त कामदारको माग बढेसँगै सीप सिकेर विदेशिने प्रवृत्ति तिव्र भएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।

यही सन्दर्भमा, लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले नेपालगञ्जमा कार्यालय स्थापना गर्दै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गरी विभिन्न उद्यमशिलता तालिम सञ्चालन गर्ने तयारी गरेको छ। आगामी साउन १ गतेदेखि सुरु हुने तालिममा सहभागीहरूलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ। लियानाका निर्देशक भोदुराम थारुले वैदेशिक रोजगारमा जानै परे पनि सीपसहित जान आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, “सीपसहित विदेश गए तलब बढी पाइन्छ, लागत कम लाग्छ र सुरक्षित वातावरणमा काम गर्न पाइन्छ। सकेसम्म युवाले स्वदेशमै सीप प्रयोग गरी स्वरोजगार बन्नुपर्ने हो।” उहाँका अनुसार, विदेशबाट फर्किएपछि त्यही सीपको उपयोग गरेर स्वदेशमै रोजगारी वा उद्यम सुरु गर्न सकिन्छ।

लियाना म्यानेजमेन्ट सर्भिस प्रा.लि.की अध्यक्ष दीपा खत्रीले पनि पेसागत सीपले विदेश मात्र होइन, स्वदेशमै पनि रोजगारी सिर्जना गर्ने भएकाले सबै युवाले सीप सिक्नुपर्नेमा जोड दिनुभयो। उहाँले जानकारी दिदै भन्नुभयो, “काठमाडौंमा एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर र पश्चिम नेपालमा लियाना ट्रेनिङ सेन्टर सञ्चालनमा छन्। हामी सरकारले तोकेको मापदण्ड अनुसारको प्रमाणपत्रसहितको तालिम प्रदान गर्दै आएका छौं।”

सरकारको रोजगारमूलक सीप विकास तालिम कार्यविधि, २०७५ अनुसार अब वैदेशिक रोजगारीमा जानका लागि सीपयुक्त प्रमाणपत्र अनिवार्य भइसकेको छ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये बाँके जिल्लाबाट मात्रै ६ हजार ६६० जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ।

Next Post

कोहलपुर नगरपालिकाको सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

२०८२ असार २४, मंगलवार १८:१८
सबिता चन्द नेपालगन्ज । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न योजनाहरूको सामाजिक परीक्षण अन्तर्गत प्रारम्भिक प्रतिवेदन प्रस्तुतिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। बास नेपाल (BAS Nepal) को सहजीकरणमा कोहलपुरमा आयोजित कार्यक्रममा प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १०, दफा ७८ को उपदफा […]

सम्बन्धित शीर्षक