मानवबेचविखन विरुद्ध सडक नाटक मार्फत सचेतना फैलाउन स्कृप्ट लेखन तालिमको आयोजना

  ।   २०७७ चैत्र २७, शुक्रबार २१:५८


रन्जित कुमार चौधरी

नेपालगन्ज । बाँके युनेस्को क्लबले सडक नाटक लगायतका कार्यक्रम मार्फत मानव बेचबिखन बिरुद्ध सचेतना फैलाउने उद्देश्यले बाँके जिल्लाका चार वटा स्थानीय तहका किशोरीलाई लक्षित गरेर शुक्रवारदेखि नेपालगन्जमा तीन दिने सडक नाटक स्कृप्ट लेखन तालिम शुरु गरेको छ ।

क्लवले प्लान ईन्टरनेशनल नेपालसंगको सहकार्यमा बाँकेका नेपालगञ्ज, बैजनाथ, खजुरा र कोहलपुर नगरपालिकामा सञ्चालित मानव बेचविखन बिरुद्धको प्रोटेक्ट परियोजना अन्तरगत सो तालिम सञ्चालनमा ल्याएको हो ।

उक्त तालिममा सहभागि चारवटै पालिकाका किशोरीहरुले तालिम मार्फत सडक नाटकको स्कृप्ट लेखन बारे सिक्ने र त्यसका साथसाथै मानव बेचबिखन बिरुद्ध चेतना फैलाउने अन्य उपायहरु पनि अपनाउन सहज होस भन्ने उदेश्यले उक्त तालिमको सञ्चालन गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले तालिम प्राप्त किशोरीहरुकै माध्यमबाट किशोरी र अन्य युवती तथा महिलाहरुमा मानव बेचबिखन बिरुद्ध सचेतना फैलाउन सफल भएमा मानव बेचबिखन नियन्त्रणमा ठुलो सफलता हात लाग्ने बताउनुभयो ।

तालिमको शुभारम्भ गर्दै बाँके युनेस्को क्लवका अध्यक्ष राजेन्द्र चौधरीले यस्ता तालिमहरुले समाजमा मानवबेचविखन रोक्न अहम भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ‘तालिमका सहभागिले मानव बेचबिखन जस्तो जघन्य अपराधबाट जोगाउन आफ्नो पालिकाको टोलटोलमा पुगेर सचेतना विरुद्धको सडक नाटक तयार पारेर मानब बेचबिखनबिरुद्ध सचेतना फैलाउने बताउनुभयो ।

 

सो तालिमको सहजीकरण क्रियशन प्रालि ललितपुरका घनश्याम गौतम र दिपक सुनुवारले गरिरहनु भएको छ । तालिममा बाँकेका चारवटै पालिकाबाट १५ जना किशोरी सहभागि रहेका छन् । उनीहरुलाई मानव बेचबिखनका बिरुद्ध केन्द्रीत रहेर सडक नाटकको स्कृप्ट तयार पार्ने तौर तरिकाका बारेमा विस्तृत रुपमा जानकारी गराईने र तालिम अवधीमै पनि स्कृप्ट लेख्ने अभ्यास गराइने क्रियशन प्रालि ललितपुरका घनश्याम गौतमले बताउनुभयो ।

तीन दिनसम्म मानब बेचबिखन कै विषय बस्तु छनौट गरी उनीहरुलाई मानव बेचबिखनबाट कसरी जोगिने भन्ने सन्देश दिने खालको सडक नाटकको स्कृप्ट कसरी तयार पार्ने भन्ने कुरामा विशेष जोड दिईने क्लबले जनाएको छ ।

Next Post

पत्रकार महासंघको चुनावमा हारबाट सिकेका कुराहरु

२०७७ चैत्र २७, शुक्रबार २१:५८
नेपालगन्ज । यही चैत २५ गते देशभर नै नेपाल पत्रकार महासंघको चुनाव सम्पन्न भएको छ । बाँके जिल्लाबाट म आफैं जिल्ला सदस्यको उमेद्वार भएर चुनाव लड्दाको अनुभव यहाँहरु सामु पस्कन गइरहेको छु । मैले सोच्ने गर्दथे, मत माग्ने र मत दिने बीच कुन विन्दुमा पुगेपछि त्यो मन, यो मनमा आएर […]