बाँकेमा कोरोना सङ्क्रमणबाट मुक्त हुने तीन हजार पाँच सय ८१ पुग्यो

  ।   २०७७ मंसिर १०, बुधबार २०:०५

बाँके । जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या तीन हजार पाँच सय ८१ पुगेको छ । गएको २४ घण्टामा २३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या तीन हजार पाँच सय ८१ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै बाँके जिल्लामा सङ्क्रमितको कुल सङ्ख्या तीन हजार सात सय ४७ पुगेको छ ।

बुधबार बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ८१ छ । हालसम्म बाँके जिल्लाको आईसोलेसनमा १८१ जना र होम आईसोलेसनमा १२७ जना रहेका छन् ।

यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको डीसीसीएमसी बाँकेले जनाएको छ ।

बाँकेमा कोरोनाका बिरामी निको हुने दर ९४.३० प्रतिशत, मृत्यु दर १.०१ प्रतिशत र रोगको प्रकोप दर ०.६३ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

Next Post

बाँकेमा कोरोनाका बिरामी निको हुने दर ९४.३४ प्रतिशत, आज दुई जना डिस्चार्ज

२०७७ मंसिर १०, बुधबार २०:०५
बाँके । जिल्लाबाट आज (बिहीबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका दुई जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा दुबै जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार पाँच सय ८३ […]

सम्बन्धित शीर्षक