बाँकेमा कोरोनाका बिरामी निको हुने दर ९४.३४ प्रतिशत, आज दुई जना डिस्चार्ज

  ।   २०७७ मंसिर ११, बिहीबार ०७:१९

बाँके । जिल्लाबाट आज (बिहीबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका दुई जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा दुबै जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार पाँच सय ८३ पुगेको छ ।

बाँकेमा हालसम्म तीन हजार सात सय ९८ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डीसीसीएमसी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३८ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले दुई सय २८ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा कोरोनाका बिरामी निको हुने दर ९४.३४ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.६३ प्रतिशत रहेको छ ।

Next Post

भारतीय विदेश सचिव हर्षवर्द्धनको नेपाल भ्रमण आजदेखि, सीमा विवादबारे छलफल हुने

२०७७ मंसिर ११, बिहीबार ०७:१९
काठमाण्डौ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउँदै हुनुहुन्छ । भारतीय विदेश सचिवको नेपाल भ्रमण सामान्य कूटनीतिक भ्रमणको रुपमा मात्रै हेरिँदै आएको भए पनि यो पटकको उहाँको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने भएको छ । […]

सम्बन्धित शीर्षक