नेपालगन्ज उपमहानगरपालिकाद्धारा ५ इ- रिक्सा नष्ट

  ।   २०८० पुष २४, मंगलवार २१:१०

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ–रिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि इ–रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ–रिक्सा नष्ट गर्न सुरु गरेको हो । मंसिर १९ गतेदेखि अवैध इ–रिक्सा नियन्त्रण अभियान थालेको नेपालगञ्ज उपमहानगरपालिकाले आज ५ वटा इ–रिक्सा नष्ट गरेको छ ।

आवश्यक कागजात नभएका ती इ–रिक्सा प्राविधिक जाँच गरी नष्ट गरिएको हो । भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरको इ–रिक्सा जेसिबीले नष्ट गरेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशिल शर्माले इ–रिक्सा धनी/चालककै अगाडि कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले/नमिलेको वा भए/नभएको प्राविधिक जाँच गर्नुभएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाले इ–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ–रिक्सा अद्यावधिक गर्न समय दिइएको थियो । नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध इ–रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका दृढ भएर लागेको बताउनुभयो । “हामीले पटक–पटक भनेको हौं, अद्यावधिक गर्न समय पनि दिएका थियौं, नियन्त्रणमा लिइएका धेरै इ–रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छोडेका छौं, अवैध इ–रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौं,” नगर प्रमुख विष्टले भन्नुभयो–“अब हामी निरन्तर अगाडि बढ्छौं, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।”

नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म ६२३ इ–रिक्सा नियन्त्रण लिएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि ५३८ इ–रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ वटा इ–रिक्सा नियन्त्रणमै छन् । ती इ–रिक्सामाथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।

Next Post

बाँकेको जानकीमा अबैध काठ बरामद

२०८० पुष २४, मंगलवार २१:१०
सबिता चन्द नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ बकसपुरमा रहेको भेरी स:मिलबाट अबैध सालको काठ नियन्त्रणमा लिइएको छ । अबैध सालको काठ चिरान भैरहेको सूचना पाएपछि सो काठ नियन्त्रणमा लिइएको हो । मंगलबार दिउँसो २ बजे नेपालगन्ज सबडिभिडजन वन कार्यालय र डिभिजन वन कार्यालय सब डिभिजन रक्षक शाखाको […]