माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

  ।   २०७८ कार्तिक २, मंगलवार ०८:११

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज पनि स्थायी समितिको बैठक बस्दैछ। अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनबारे बैठकमा हिजो विषय प्रवेश भएको र आज थप छलफल हुने महराले बताउनुभयो ।

आजको बैठकमा माओवादी केन्द्रले असोज मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा वितरण सम्पन्न गर्ने निर्णयअनुसारको प्रगतिको विषयमा छलफल हुनेछ। यस्तै‚ स्थानीय तह अन्गरगत वडा पार्टी कमिटी र जनवर्गीय संगठनका सम्मेलनबारे जानकारी लिने र गर्न बाँकीमा पहल गर्नेबारे बैठकमा छलफल हुनेछ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि टोल भेला कात्तिक ६ सम्म, वडा सम्मेलन कात्तिक १३ मा र स्थानीय तहको सम्मेलन मंसिर ४ मा गर्ने तय गरिएको छ। राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ।

Next Post

कर्णाली‚ तिला र पश्चिम सेती नदीमा पानीले खतराको तह नाघ्यो

२०७८ कार्तिक २, मंगलवार ०८:११
काठमाडौं । आइतबारदेखि निरन्तर भइरहेको वर्षाका कारण कर्णाली‚ तिला‚ पश्चिम सेती नदीमा पानीले खतराको सतह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान ७ बजे कैलालीस्थित चिसापानी जलमापन केन्द्रमा कर्णाली नदीले सतर्कता तह पार गरेको छ। केन्द्रले कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने […]

सम्बन्धित शीर्षक