बाँकेमा १६ जना संक्रमित डिस्चार्ज

  ।   २०७७ भाद्र १६, मंगलवार १०:०५

बाँके । बाँकेका विभिन्न आइसोलेसनबाट आज मंगलबार १६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । स्वस्थ्य फोकल पर्शन नरेश श्रेष्ठले जारी गरेको रिपोर्ट अनुसार ७ महिला र ९ पुरुषहरु डिस्चार्ज भएका हुन् ।

भदौ २ गते संक्रमण पुष्टि भएका संक्रमितहरु डिस्चार्ज भएको रिपोर्टमा उल्लेख गरिएको छ । हाल सम्म बाँकेमा १ हजार ४३ जना कोरोना संक्रमीत मध्य ७ सय ७४ जना निको भएर घर फर्किसकेका छन् भने २ सय ९१ विभिन्न आइसोलेसनमा उपचाररत छन् ।

६ जनाको मृत्यु भैसकेको छ । बिरामी निको हुने दर ७१ प्रतिशत रहेको छ भने रोग प्रकोप प्रतिशत दर ०.५८ रहेको छ ।

Next Post

बढैयातालका ९ वडा मध्ये ४ नम्बर वडामा कोरोना शुन्य

२०७७ भाद्र १६, मंगलवार १०:०५
बर्दियाको बढैयाताल गाउँपालिकामा रहेका ९ वटा वडा मध्ये ४ नम्बर वडामा अहिले सम्म कोरोनाका संक्रमित फेला परेका छैनन । गाउँपालिका भरीमा मंगलबार दिँउसो सम्म जम्मा ६६ जना संक्रमित फेला परेकोमा ६५ जना ब्यक्तिहरु निको भई डिस्चार्ज भइसकेका छन । अहिले एक जना मात्र आइसोलेसनमा बस्नुभएको छ । कोभिड–१९ को माहामारी, […]

सम्बन्धित समाचार