बढैयातालका ९ वडा मध्ये ४ नम्बर वडामा कोरोना शुन्य

  ।   २०७७ भाद्र १६, मंगलवार १९:१४

बर्दियाको बढैयाताल गाउँपालिकामा रहेका ९ वटा वडा मध्ये ४ नम्बर वडामा अहिले सम्म कोरोनाका संक्रमित फेला परेका छैनन ।

गाउँपालिका भरीमा मंगलबार दिँउसो सम्म जम्मा ६६ जना संक्रमित फेला परेकोमा ६५ जना ब्यक्तिहरु निको भई डिस्चार्ज भइसकेका छन । अहिले एक जना मात्र आइसोलेसनमा बस्नुभएको छ ।

कोभिड–१९ को माहामारी, बढैयाताल गाउँपालिकाको अवस्था र सिकाई बारे आज गुडन्युज खबरसँग कुराकानी गर्नुहुर्दै बढैयाताल गाउँपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले जोखिम न्युनिकरण गर्ने प्रयास भईरहेको जानकारी दिनुभयो ।

सर्वपक्षिय समन्वय र सहकार्यले मात्र कोरोनालाई परास्त गर्न सकिने पौडेलको अनुभव छ ।

Next Post

बाँकेमा कोरोना संक्रमण तथ्याङ्क विश्लेषण

२०७७ भाद्र १६, मंगलवार १९:१४
फोटो : कोरोनाबाट निधन भएका व्यक्तिको शव व्यवस्थापन गर्दै नेपाली सेनाको टोली । -बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्वाङको फेसबुकबाट  साभार  ११ भदौमा बाँके जिल्लामा नेपालगन्ज उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भयो । ३ भदौमा छातीमा समस्या भएर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना हुनुभएकी उहाँको […]