हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

  ।   २०७८ जेष्ठ २१, शुक्रबार ०६:३५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्री ढकालले मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिनुभएको हो ।

मन्त्री ढकालले उहाँहरूसँग बिहीबार छलफल गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए। रासस

Next Post

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरूद्धको अपराध : राष्ट्रपति

२०७८ जेष्ठ २१, शुक्रबार ०६:३५
काठमाडौं । आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस। २०६३ जेठ २१ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो। कोरोना महामारीका कारण औपचारिक कार्यक्रम नभए पनि भर्चुअल माध्यमबाट यो दिवस मनाइँदै छ। दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजमा […]

सम्बन्धित समाचार