विद्यालयका छात्रा–छात्रा बीच भलिवल प्रतियोगीता

  ।   २०७७ माघ २३, शुक्रबार १७:०९

संवाददाता, बर्दिया ।
‘छात्राका लागी भलिवल खेल, अतिरिक्त क्रियाकलाप महिनावारीका बेलामा पनि’ भन्ने नाराका साथ सिम्हा मा.बि. बेलभार बर्दियाले भलिवल प्रतियोगीता संञ्चालन गरेको छ ।

बारबर्दिया नगरपालिका वडा नम्बर ११ मा रहेको विद्यालयले आफनै विद्यालयका छात्रा–छात्रा बीच गराईएको प्रतिस्पर्धामा ख समूह बिजयी भएको छ ।

आज विद्यालयले क, ख, ग र घ समूहमा छात्राहरुलाई विभाजन गरी भलिवल प्रतियोगिता गराएको हो ।

साथै गेरुवा ग्रामिण जागरण संघका कार्यक्रम अधिकृत संगीता तिवारीले विद्यालयका प्रधानाध्यापक सुखीराम चौधरी मार्फत बाल क्लव र महिनावारी ब्यवस्थापन समूहलाई विभिन्न सन्र्दभ पुस्तक सगैं खेलकुद सामाग्रीहरु पनि हस्तान्तरण गर्नुभएको छ ।

सिम्हा मा.बि. बेलभार बर्दियामा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामिण जागरण संघ द्धारा संञ्चालीत ‘मौनता तोडौं, युवाको अगुवाइमा महिनावारी ब्यवस्थापन परियोजना’ अहिले कार्यन्वयन भइरहेको छ ।

महिनावारीका बेला छात्राहरुलाई विद्यालयमा टिकाइ राख्न र छात्रा–बालमैत्री विद्यालय बनाउनका लागी पनि परियोजना मार्फत सहयोग मिली रहेको बाल क्लव संरक्षक शिक्षक बासुदेव चौधरीले जानकारी दिनुभयो ।

Next Post

बृहत जनसभामा दशहजारको उपस्थिति रहेको टिप्पणी, धार्दिङ जिल्ला भेलामा जम्मै जनता सडकमा

२०७७ माघ २३, शुक्रबार १७:०९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा आमसभाको आयोजना गर्‍यो । ३ लाख मान्छे काठमाडौं उतार्ने भन्दै ओली समूहले देशका ७७ वटै जिल्लाबाट कार्यकर्ता ल्याएको थियो । तर, कार्यक्रममा उपस्थिति उत्साहजनक रहेन । ओलीको जनसभामा १० देखि १५ हजारको बिचमा सहभागिता रहेको सहभागीहरुले टिप्पणी गरेका छन् । […]