राष्ट्रसंघको प्रतिवेदन भन्छ– तालिबानको निसानामा नेटो र अमेरिकी सेनालाई सहयोग गरेकाहरू

  ।   २०७८ भाद्र ४, शुक्रबार ०७:२०

काठमाडौं । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले हालै अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबानले नेटो र अमेरिकी सेनालाई सहयोग गरेकाहरूलाई निसाना बनाएको बताएको छ । बीबीसी हिन्दीले जनाएअनुसार राष्ट्र संघको गुप्तचर जानकारी दिने नर्बेजियन सेन्टर फर ग्लोबल एनलाइसिसले तया पारेको प्रतिवेदनमा तालिबाले नेटो र अमेरिकी सेनालाई सहयोग गरेकाहरूलाई तीव्र गतिमा खोज्न थालेको छ ।

“तालिबानले केही विशेष व्यक्तिलाई नियन्त्रणमा लिन उनीहरूका परिवारलाई गिरफ्तार गरिरहेको छ । कसैलाई गिरफ्तारीको धम्की दिइरहेको छ भने कसैलाई ज्यान मार्ने धम्की दिइरहेको छ,” बीबीसीले उक्त प्रतिवेदनलाई उद्धृत गर्दै लेखेको छ ।

प्रतिवेदनका अनुसार सेना, प्रहरी तथा चेकजाँच गर्ने इकाइमा काम गरेकाहरू थप जोखिममा छन् । “तालिबानले ठुला सहरलाई नियन्त्रण लिनुपूर्व यस्ता व्यक्तिहरूको ठेगानासहितका विवरण संकलन गरेको थियो,” प्रतिवेदनमा भनिएको छ ।

तालिबानले विदेशी नागरिकलाई देश छोड्न अनुमति दिएपनि नेटो र अमेरिकी सेनालाई सहयोग गरेका व्यक्तिलाई विमानस्थलमा पनि खोजिरहेको बीबीसीले उल्लेख गरेको छ ।

तर, तालिबानले भने विदेशी सेनालाई काबुल विमानस्थलमा जानका लागि आफूहरूले सहयोग गरिरहेको दाबी गरेको छ । – बाह्रखरी

Next Post

बाँके युनेस्को क्लबद्धारा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

२०७८ भाद्र ४, शुक्रबार ०७:२०
समाचारदाता नेपालगन्ज । बाँके युनेस्को क्लबले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ ।  प्लान ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण -प्रोटेक्ट_ परियोजना अन्तरगत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र […]