लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ

  ।   २०८० श्रावण १६, मंगलवार १३:२६


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ  ।कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बताउनुभएको हो ।

लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत जिकिर गर्नुभयो । लम्पी स्किन रोग दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताउनुभयो ।

प्रधामन्त्री प्रचण्डले भन्नुभयो- ‘छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं र क्षति पनि ।’

आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भन्दै पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागकाे ध्यानाकर्षण गराउनुभयाे । प्रधामन्त्रीले बैठकमा भन्नुभयो-‘अहिले राहत, रोग नियन्त्रणमा काम तत्काल गरौं, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् त्यसैले समयमै तयारी गरेर बलियो बनाउन तर्फ ध्यान दिऔं र सोही अनुसार योजना बनाऔं ।’

चीन, भारतको अभ्यास र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताउनुभयो ।

लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो -‘गाई भैसी पाल्ने किसान गरिब र निम्न वर्गका नै हुन्छन् लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठुलो समस्यामा पारेको छ । किसानहरुलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ । ‘

किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोट पक्स भ्याक्सिन संघ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उहाँले कृषि मन्त्रालयलाई निर्देशन समेत दिनुभयो ।

लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानहरुमा सचेतना फैलाउन जोडदिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

उक्त छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपन्छी मन्त्री वेदुराम भुसाल, योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, प्रधानन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, गणेश पाण्डे, रामप्रसाद थपलिया कृषि मन्त्रालयका पशुपन्छी तर्फका सचिव दीपककुमार खराल, सोही मन्त्रालयका कृषि तर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका आइजी वसन्त कुँवर लगायतको उपस्थिति रहेको थियो ।

Next Post

नेपाली सेनाले ५ हजार बिरुवा रोप्दै

२०८० श्रावण १६, मंगलवार १३:२६
नेपालगन्ज । नेपाली सेनाको बज्रदल गण, इमामनगर व्यारेक राँझाले २६ बिघा खाली जमिनमा वृक्षरोपण सुरु गरेको छ । नेपाली सेनाले भोगाधिकार गरिरहेको सेनाको इमामनगर व्यारेक पछाडी रहेको २६ बिघा क्षेत्रफलमा सोमबारबाट वृक्षरोपण सुरु गरिएको बज्रदल गणले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, श्री नम्बर ४ […]

सम्बन्धित शीर्षक