संतोष कुमार बिष्ट
नेपालगन्ज । अति ब्यस्त नाकाका रुपमा मानिने नेपाल- भारत सिमा-नाका नेपालगन्ज स्थित जमुनाह मार्फत दैनिक हजारौं मानिसहरु आवत जवत गर्छन् । कोरोना भाइरस कोभिडको उच्च जोखिम बढ्दै गएपछि यो नाका बन्द गरिनु पर्छ भनेर सर्वसाधारणले आवाज उठाए । स्थानीय सरकार देखि संघीय सरकारको चर्को बिरोध भयो । अन्ततः नेपालगन्ज रुपैडिहा नाका सिल भयो । साढे ५ महिना देखि जमुनाह नाका बन्द अवस्थामै रहेको छ ।
सिमा-नाका बन्द भएपनि थुप्रै चुनौती खेप्नु परेको जमुनाह नाकाका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक बिष्णु गिरी बताउनु हुन्छ । कोभिड-१९ को महामारी संसार भरी फैलदै गएको बेला कोरोना फैलन नदिन उच्च सतर्कता अपनाउन २०७६ चैत्र ११ गते देखि नेपाल सरकारले लकडाउन गरेको थियो । सुरुवाती अवस्थामा धेरैको संख्यामा आवतजावत हुँदा पुर्व तयारीको अभावले कमिकमजोरी भयो होला तर सिमा नाकामा काम गर्न सजिलो भने पक्कै पनि छैन भन्दै प्रहरीको पीडा इन्चार्ज गिरीले सुनाउनु भयो ।
इन्चार्ज गिरीले भन्नुभयो,” भारत बाट नेपाल फर्किने नेपालीहरुको ओइरो कम भएपनि अन्य थुप्रै समस्या यथावत नै छन् । नेपालबाट भारत तर्फ जानेहरूको भिड त्यत्तिकै छ । औषधि, उपचार, व्यवसाय, बिहेबारी जास्ता कुरालाई कसरी नकार्नु । चुनौती नै चुनौती छ, सुख केहिगरेनी पाइदैन ।” भारतबाट नेपाल फर्किने नेपालीहरुको बारेमा गरेको प्रश्नको उत्तर दिदै इन्चार्ज गिरीले थप्नु भयो,”नेपालगन्ज भित्रका नगरिकहरुलाइ अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको छ । भने जिल्ला भित्र र जिल्ला बहिरकालाइ सम्बन्धित निकायमा जानकारी गाराइ सिधै उतै पठाइन्छ ।” अनुमति पत्र लिएर उपचार गराउन भारत जाने बिरामीका सन्दर्भमा १/२ दिनमा घरफर्किनेहरुलाइ क्वारेन्टाइनको ब्यवस्था गरिएको छैन, एक दुई दिनमा कोरोना सल्किन्न भन्ने पनि भएन, पुर्वाधार पनि छैन भन्दै इन्चार्ज गिरीले आफ्नो समस्या राख्नु भयो ।
दैनिक औषधी उपचार गराउने र भारत बाटनै औषधि खरिद गर्नेको संख्या पनि निकै रहेको छ । धेरै नेपालीहरुले भारत लखनउको औसधि खाने गरेको पाइन्छ । कति मानिसहरू धेरै टाढाबाट एउटा पर्चाको भरमा आएका हुन्छन् । त्यस्ता मानिसहरुलाइ जान दिइन्न तर जान नपाएपछि दिनभर जमुनाह गेटामा धर्ना दिए जस्तो गरि बसिरहेका देखिन्छन् । सिमानाकामा निकै अनुरोध गर्छन् भन्दै इन्चार्ज गिरीले आफ्नो मनको कुरा खोल्नु भयो ।
इन्चार्ज गिरीले थप्नु भयो,” भिडभाड भएको बेला शारीरिक दुरी कायम गराउन कमत गाह्रो हुन्छ ? रोग सल्किन्छ भन्दा मान्दैनन्, बल प्रयोग गरौ समस्या नै समस्या ! तर पनि हामीहरु थाकेका छैनौ । आफ्नो ज्याननै जोखिममा राखेर कर्तव्य निर्वाह गर्दागर्दै पनि घुस खाएर मानिस छाडेको भन्ने आरोप लाग्ने गरेको कुराले पीडा हुन्छ ।” अबैध कारोबार गर्ने जो सुकैलाइ पनि कार्वाही गरिन्छ भन्दै प्रहरीलाई सघाउन अनुरोध गर्नुभयो इन्चार्ज गिरिले । खुला सिमानाको एरिया ठूलो भएकोले सबै ठाउमा सुरक्षा दिन प्रयाप्त जनशक्ति नभएको गुनासो उहाको छ । ईन्चार्ज गिरीको कुरामा सत्यता पनि त्यत्तिकै छ, नेपाल-भारतको रोटिबेटीको सम्बन्ध भएकोले बिहेबारी, विभिन्न चाड पर्वको बेलामा पनि कतिपय चुनौतीको सामाना सिमानाकामा रहेको प्रहरीले गर्नु परेकैछ । यस्ता समस्याको समाधान सम्बन्धित निकायले निकाल्नै पर्ने देखिन्छ ।