नेपालगन्ज । कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले सनिवार बाँकेको नेपालगन्ज बाइपास रोडमा निशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ ।
समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर र मानवता नेपाल बाँके नामका चारवटा संघसंस्थाहरुले संयुक्तरूपमा उक्त निशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।बिहान ७ बजेदेखि ९:१५ बजेसम्म भएको कार्यक्रममा ७० जनाले सेवा लिएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टकि अध्यक्ष ला-सुमन गिरीले बताउनुभयो । कार्यक्रमको पहिलो सत्रमा लायन लिडरहरु ला- ज्ञानेन्द्र श्रेष्ठ, ला- रमेश कुमार श्रेष्ठ, ला- भिम सुवेदी, लगायतले सो कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्नका लागि अनुरोध गरेका थिए ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णकि अध्यक्ष ला- हिरा खरालले गर्नुभएको थियोे भने कार्यक्रम सञ्चालन लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टकि सचिव ला- खेमा भण्डारी श्रेष्ठले गर्नुभएको थियोे । अब उप्रान्त प्रत्येक शनिबार बिहान यी चारवटा संस्थाले नेपालगन्जका चोकचोकमा निशुल्क स्वास्थ्य चेकजाँच गर्ने भएका छन् । जसका लागि नेपालगन्जको सदरलाईनमा रहेको मध्यपश्चिम पोलिक्लिनिक प्रा- लि- ले सुगर जाँचका लागि निशुल्क सहयोग गर्ने भएको छ ।सो स्वास्थ्य शिविरमा होलस्टिक होम केयर नेपालगन्जको टीमले रगत संकलन देखि प्राविधिक सहयोग, मानवता नेपाल बाँकेको सहयोग, थ्रि आर इको ग्रिन नामक संस्थाका टीमले प्राविधिक सहयोग गरेका थिए ।