कोरोनाको जोखिमकाबीच बेलायतमा विद्यालय खुलाउने सरकारको तयारी

  ।   २०७७ पुष २०, सोमबार ०७:२०


एजेन्सी । बेलायतमा कोरोना भाइरसको सङ्क्रमणको जोखिमकाबीच विद्यालय खुलाउने तयारी भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको जोखिम बढे पनि विद्यालय खुलाउन समस्या नभएको भन्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नु भएको छ ।

विद्यालय लामो समयदेखि बन्द रहँदा बालबालिकाको भविष्यमा अन्योल बढ्न सक्ने र लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको भन्दै उहाँले अभिभावकलाई खुला गरिने विद्यालयमा आफ्ना बालबालिकालाई पठाएर सहयोग गर्न आग्रह गर्नु भएको बीबीसीले जनाएको छ ।

कोरोनाको जोखिम रहेकाले यो भाइरसविरुद्ध कडा प्रतिबन्धात्मक नियमलाई भने लागू गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । आउँदो केही हप्तामा बेलायतका केही ठाउँमा कडा प्रतिबन्धात्मक नियम लाग्न सक्ने जोनसनले बताउनु भएको छ । बेलायतले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिडविरूद्धको खोप प्रयोगका लागि अनुमति दिइसकेको छ ।

आजदेखि झण्डै पाँच लाख ३० हजार डोज खोप लगाउने व्यवस्था सरकारले मिलाएको छ । बेलायतमा अहिलेसम्म २६ लाख ५४ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण देखिएको छ भने ७५ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

Next Post

सरकारद्वारा निजी फर्म नवीकरणको अवधि थप

२०७७ पुष २०, सोमबार ०७:२०
काठमाण्डौ | सरकारले निजी फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आउँदो असार मसान्तसम्मको समय दिएको हो । यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३ औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै […]