आज देशका अधिकांश स्थानमा मौसम बदली‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

  ।   २०७८ श्रावण ३१, आईतवार ०६:४४

काठमाडौं । मौसम पूर्वानुमान विभागका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक रहेकाले आइतबार बिहान देशको अधिकांश स्थानमा मौसम बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी,, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

Next Post

अफगानिस्तानका राष्ट्रपति घानीद्वारा देशमा अस्थिरता रोक्ने अठोट

२०७८ श्रावण ३१, आईतवार ०६:४४
काठमाण्डौ । अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिबान समूहले गतिविधि तीव्र पारेको भए पनि यसलाई छिट्टै रोकिने बताउनुभएको छ । अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिबान समूहले नियन्त्रणमा लिएको भन्ने समाचार आइरहेका समय उहाँले द्वन्द्वग्रस्त आफ्नो देशमा राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अफगानिस्तानको सुरक्षा फौजले देशको […]