बर्दिया अस्पतालको गुणस्तर सुधारन्मुख

न्युनतम सेवा मापदण्डमा ७३ प्रतिशत अंक प्राप्त

  ।   २०७७ माघ ९, शुक्रबार १८:३२

प्रेम विश्वकर्मा, गुलरिया
बर्दिया अस्पतालको विकास सुदृधिकरण कार्यक्रम अन्र्तगत न्युनतम सेवा मापदण्ड (एमएसएस) मा यसपटक ७३ प्रतिशत अर्थत ६७६ अंक प्राप्त गर्न सफल भएको छ । कुल ९३९ स्कोरमा यतिसम्म प्राप्त गर्नुलाई उपलब्धीपुर्ण मानिएको छ ।

यसअघि छठौं पटकको फ्लोअफ अवस्था भने ६२ प्रतिशत थियो ।

आज गुलरियामा एक कार्यक्रमका बीच न्युनतम सेवा मापदण्ड (एमएसएस) अवस्थाका बारेमा गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले जानकारी गराउनुभएको हो ।

बर्दिया अस्पताल विकास समितिका अध्यक्ष अंगत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारु (शेखर), समन्वय उपप्रमुख मान बहादुर विष्ट, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपान्ने, बर्दिया अस्पताल विकास समितिका सदस्य मोहन कुमारी फुयाल (मिथिला), नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति कृष्ण प्रसाद गौतम लगायतका ब्यक्तित्वहरु सहभागी रहनुभएको थियो ।

लुम्बिनी प्रदेशका १३ वटा अस्पताल मध्ये ५० बेडको बर्दिया अस्पताल उत्कृष्ट मानिदै आईएको छ ।

गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहका लागी प्रदेशको स्वास्थ्य निर्देशनालय, नीक सीमोन्स इन्च्यिुट लगायतका सरोकारवाला निकायले समन्वय र सहकार्यको पाटोलाई थप संगठीत रुपमा प्रभावकारी बनाउदै लग्ने प्रतिबद्धता जनाएका छन ।

ब्लड बैंकको जनशक्ति ब्यवस्थापन, प्रयोगशालाको सुधार, वाडको विस्तार, फोहोर ब्यवस्थापन, विपतको योजना लगायतका विभिन्न बिषयमा अनुगमन, मुल्यांकन कर्ताको टिमले छोटो अवधि र लामो अवधिमा गर्न सकिने कामको बाँडफाँट सहित सुझाव पनि दिएका छन ।

 

 

Next Post

संविधानको रक्षा र राष्ट्र निर्माणको यक्ष प्रश्न : प्रतिगमनले घुँडा टेक्नैपर्छ

२०७७ माघ ९, शुक्रबार १८:३२
जनार्दन शर्मा ‘प्रभाकर’ जनताको बलिदान, त्याग र संघर्षबाट प्राप्त उपलब्धिमा पटक पटक आक्रमण हुँदा मुलुकको भविष्य कतै अँध्यारो सुरुङतिर त जाँदैन भन्नेतर्फ गम्भीर आशंका पैदा हुँदै गएको छ । यसले जनताको त्याग र बलिदानको उपहास त भएकै छ, जनता एकपछि अर्को आन्दोलनमा होमिने,  अधिकार स्थापित गर्ने र पुनः त्यसको अवसान […]

सम्बन्धित शीर्षक