बाँकेमा निषेधाज्ञाकै दिनमा थपिए ६० जना संक्रमित

  ।   २०७७ भाद्र १९, शुक्रबार १८:४९

बाँके जिल्लामा कोरोना संक्रमितहरुको संख्या १ हजार १ सय ९९ जना पुगेको छ ।

भेरी अस्पताल नेपालगंजको पीसीआर ल्यावमा आज ५७ जना र वागेश्वरी ल्यावमा ३ जना गरी नयाँ ६० जना संक्रमित थपिएसगैं संक्रमितको संख्या बढेको हो ।

साँझ ६ बजे सम्मको कोभिड–१९ अपडेट अनुसार संक्रमित मध्ये उपचारमा ३ सय ९० जना छन । यसैगरी ८ सय ३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन ।

हाल सम्म बाँकेमा मृत्युभएका ६ जना ब्यक्तिहरुमा कोरोनाको संक्रमण पाईएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले जनाएको छ ।

Next Post

रुसले बनाएको कोरोना खोप एन्टिबडी बनाउन सक्षम : अध्ययन

२०७७ भाद्र १९, शुक्रबार १८:४९
एजेन्सी । रुसले विकसित गरेको कोभिड–१९ खोप ‘स्पुतनिक भी’ सुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी भएको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको परिणाममा बयानमा त्यो खोप लगाएको ४२ दिनसम्म पनि कुनै नकारात्मक प्रभाव नदेखिएको बताइएको छ । खोपले २१ दिनभित्र एन्टिबडी बनाउन सक्षम रहेको पाइएको हो । यो जानकारी मेडिकल […]

सम्बन्धित समाचार