रुसले बनाएको कोरोना खोप एन्टिबडी बनाउन सक्षम : अध्ययन

  ।   २०७७ भाद्र १९, शुक्रबार २२:०१
प्रतिकात्मक तस्बिर

एजेन्सी । रुसले विकसित गरेको कोभिड–१९ खोप ‘स्पुतनिक भी’ सुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी भएको पाइएको छ ।

शुक्रबार सार्वजनिक गरिएको परिणाममा बयानमा त्यो खोप लगाएको ४२ दिनसम्म पनि कुनै नकारात्मक प्रभाव नदेखिएको बताइएको छ । खोपले २१ दिनभित्र एन्टिबडी बनाउन सक्षम रहेको पाइएको हो । यो जानकारी मेडिकल जर्नल ‘ल्यान्सेट’ मा प्रकाशित एक अध्ययनमा दिइएको हो ।

तर विशेषज्ञहरुले भने खोप सुरक्षित र प्रभावशाली भएको साबित गर्न निकै कम सङ्ख्यामा खोपको परीक्षण गरिएको बताएका छन् ।

रुसले गएको महिना कोरोना भाइरसको खोप विकसित गर्ने घोषणा गरेको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले पहिलो खोप बनाएको घोषणा गर्दै आफ्नो छोरीले पनि त्यो खोप लगाएको बताउनुभएको थियो ।

रुसको यो खोपलाई लिएर पश्चिमी देशका वैज्ञानिकहरुले खोप सुरक्षित रहेकोमा आशङ्का व्यक्त गर्दै आइरहेका छन् । उनीहरुले खोपलाई लिएर यति चाँडै अघि बढ्नु खतरनाक हुने बताएका थिए ।

ल्यान्सेटको अध्ययनअनुसार रुसी शोधकर्ताहरुले दुई छोटो परीक्षण गरेका थिए, प्रत्येक परीक्षणमा १६ देखि ६० वर्षका ३८ स्वस्थ व्यक्तिलाई सहभागी गराइएको थियो । उनीहरुलाई दुई हिस्सामा खोप दिइएको थियो ।

प्रत्येक सहभागीलाई पहिलो हिस्सामा खोपको एक खेप दिइएको थियो र त्यसको २१ दिनपछि दोस्रो खेप दिइएको थियो । उनीहरुमाथि ४२ दिनसम्म निगरानी गरिएको थियो । तीन हप्तामै उनीहरुको शरीरमा एन्टिबडी विकसित भएको थियो । उज्यालो अनलाइन

Next Post

आज १४ जना संक्रमित घर फर्किदै

२०७७ भाद्र १९, शुक्रबार २२:०१
बाँके । बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट आज सनिवार १४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएर आ-आफ्ना घर फर्किदै हुनुहुन्छ । कोरोना फोकल पर्शन नरेस बाबु श्रेष्ठका अनुसार हाल सम्मा संक्रमितको संख्या ११ सय ९९ रहेको छ भने निको भएर घरफर्की सकेकाहरुको संख्या ८ सय १७ पुगेको छ । अहिले विभिन्न आइसोलेसन […]

सम्बन्धित शीर्षक