सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज बार्बाडोससँग ७ विकेटले पराजित

  ।   २०७७ भाद्र २१, आईतवार ०७:५०

एजेन्सी । क्यारेबियन प्रिमियर लिग ९सिपीएल० अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ ।

योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा सेन्ट लुसिया जुक्र्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।

जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै पाँचौ स्थानमा रहेर यस सिजन सम्पन्न गरेको छ ।

बार्बाडोसका लागि जोनाथन कार्टरले ४२ रन बनाएका थिए भने कप्तान जेसन होल्डरले ६९ रनको योगदान दिए ।

यसैगरी मिचेल सान्टनार २१ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहँदै जित पक्का गरे ।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।

जमैकाले सन्दीपलाई नवौं औं ओभरमा बलिङमा ल्याएको थियो । ४ ओभर खेलेका सन्दीपले १ विकेट लिन भने सफल रहे । ईमेजखबर

Next Post

एफजिटी चर्चद्वारा ५ सय थान भिटिएम कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई हस्तान्तरण

२०७७ भाद्र २१, आईतवार ०७:५०
नेपालगन्ज । नेपालगन्ज एफजिटी चर्चले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई ५ सय थान भिटिएम किड्स हस्तान्तरण गरेको छ । जिल्लामा भिटिएम किड्सको अभाव भएको सुन्नमा आएपछि चर्चले सो सामाग्री हस्तान्तरण गरेको एफजिटी चर्चका पास्टर रमेश भण्डारीले जानकारी दिनुभयो । भिटिएम किड्स बुझ्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सहयोग गरेकोमा चर्च […]