एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य

  ।   २०७७ भाद्र २, मंगलवार १९:५२

नेपालगन्ज । सरकारले बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर लगाउन अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एटीएम मेसिनबाट रकम झिकेपछि हातमा स्यानिटाइजर लगाउन अपिल गरेको हो ।

सार्वजनिक स्थलमा रहेका एटीएम मेसिन एकै दिनमा धेरै मानिसहरुले प्रयोग गर्ने हुनाले कोरोना संक्रमणको जोखिम हुने गर्छ । धेरै बैंकहरुले एटीएम बुथमा स्यानिटाइजर राख्ने गरेका छैनन् ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बैंकहरुलाई एटीएम बुथ बेला बेलामा डिस इन्फेक्सन गर्न पनि आग्रह गरेका छन् ।

Next Post

राष्ट्रकविले आफू बितेपछि सार्वजनिक गर्न आग्रह गर्नुभएको गीत

२०७७ भाद्र २, मंगलवार १९:५२
काठमाण्डौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण….’ बोलको श्रव्य सामग्री सञ्चारमाध्यमहरुलाई प्राप्त भएको छ । मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले यो गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र […]