नेपालगन्ज । चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ। जसमध्ये चितवनका २० जना रहेका छन्।
यसै गरी नवलपरासीका ५ जना, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक एक जना रहेका छन्।
आज चितवनमा भेटिएका मध्ये भरतपुर महानगरपालिकाका १२ जना, राप्ती नगरपालिकाका २ जना, खैरहनीका ५ जना र रत्ननगरका एक जना रहेको अस्पतालले जनाएको छ।