बाँके । बाँके जिल्लामा आज बुधबार १० जना संक्रमित थपिएका छन् । भेरी अस्पताल PCR ल्याबबाट ९ र बागेश्वरी ल्याबबाट १ जना गरि १० जनामा कोरोना पुष्टि भएको फोकल पर्शन नरेश श्रेष्ठले जनाउनु भएको छ ।
फोकल पर्शन श्रेष्ठका अनुसार ५ पुरुष र ५ महिलामा कोरोना पुष्टि भए संग बाँके जिल्लामा कोरोना संक्रमितहरुको संख्या १ हजार ५९ पुगेको हो । हालसम्म ७ सय ५९ जनाको डिस्चार्ज भएको छ भने विभिन्न आइसोलेसनमा ३ सय ३० जना उपचाररत छन् । ६ जनाको मृत्यु भैसकेको छ ।