बाँके प्रहरीद्वारा ३२ थान मोबाईल सेट सहित ४ जना भरतीय नागरिक पक्राउ

  ।   २०८० आश्विन ४, बिहीबार १४:१७

नेपालगन्ज । बाँके प्रहरीले बिहिवार नेपालगञ्ज विमानस्थलबाट अवैधरुपमा काठमाडौं लैजान लागिएको नौं लाख मूल्य बराबरको ३२ थान मोबाईल सेट सहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेसिनमार्फत चेकजाँचको क्रममा करिब नौ लाख रुपैयाँ मूल्य बराबरको मोवाईल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतको मध्यप्रदेश राज्य इन्दौर सुदामा नगरका अमित सोलंकीको साथबाट वान प्लस मोबाईल दुई थान, अप्पो मोबाईल दुई थान, रेलमी मोबाईल दुई थान, एमआई मोबाईल दुई थान गरी ८ थान, पागनिसपागाका सचिन कुकरेजाको साथबाट वान प्लस मोबाईल चार थान, अप्पो मोबाईल दुई थान, भिभो दुई थान गरी ८ थान, द्वारकापुरीका कमल बंसारीको साथबाट वानप्लस एक थान, भिभो दुई थान, रेडमी दुई थान, सामसुङ दुई थान, रेलमी मोबाईल एक गरी ८ थान र ब्लक काँलोगीका अमित सोलंकीको साथबाट वान प्लस मोबाईल चार थान, अप्पो मोबाईल एक थान, रेडमी एक थान, सामसुङ दुई थानसहित जम्मा ३२ थान मोवाईल बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका मोबाईल सेटसहित पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Next Post

कानुनी पहिचानका लागि सामुदायिक सचेतना

२०८० आश्विन ४, बिहीबार १४:१७
नेपालगन्ज ।  मधेश तथा ग्रामीण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई बुझाउनुपर्ने भन्दै सामुदायिक सचेतना कार्यक्रम सुरु गरिएको छ । मधेश समुदायका नागरिकले काम परेपछि मात्र नागरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, सम्बन्ध विच्छेद, बसाइसराइ दर्ता गराउने भएकाले समयमै दर्ता गराउने कार्यमा स्थानीय तहको भूमिका प्रभावकारी बनाउनुपर्ने विषयमा अभिमुखीकरण गरिएको छ […]