कोरोनाको तेस्रो लहरलाई रोक्न भारतसँगका सीमा नाकामा निगरानी र परीक्षण सुरु

  ।   २०७८ श्रावण २०, बुधबार ०८:१९

काठमाण्डौ । कोरोना भाइरसको तेस्रो लहरलाई रोक्न भारतसँगको सीमा नाकामा निगरानी र परीक्षण सुरु भएको छ । भारतमा अहिले कोरोनाको संक्रमण फेरि बढिरहेकाले नेपाल पनि उच्च जोखिममा छ ।

यस अघि भारतमा दोस्रो लहर फैलिँदा नेपाल पनि प्रभावित भएको थियो । भारतसँगको खुला सीमा नाकाका कारण त्यहाँ संक्रमण फैलिए नेपालमा पनि असर पर्छ । खुला सीमा नाकाबाट फैलन सक्ने संक्रमणलाई रोक्न भन्दै केही दिनदेखि निगरानी र परीक्षण थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार नाकाबाट नेपाल प्रवेश गर्नेहरुको ज्वरो नाप्न थालिएको छ । यस्तै, लक्षण देखिएका व्यक्तिको एन्टिजेन परीक्षण पनि हुने गरेको छ । अहिलेसम्म १२ हजार भन्दा धेरैको परीक्षण भइसकेको उहाँले बताउनुभयो । तेस्रो लहरको जोखिम उच्च भएसँगै नाका जोडिएका क्षेत्रका अस्पतालमा २० प्रतिशत शैया बालबालिकाका लागि छुट्टाएर राख्न थालिएको छ ।

यस्तै, तेस्रो लहर फैलिए कसरी उपचार गर्ने भन्ने बारे पनि पूर्वतयारी थालिएको उहाँले बताउनुभयो । तर, सीमा नाकामा भइरहेको यो तयारी पर्याप्त भने नभएको विज्ञ बताउँछन् । सीमा नाकाबाट हुने आवतजावतलाई रोक्न नसक्दा नै कोरोनाको पहिलो लहर र दोस्रो लहर फैलिएको भन्दै स्वास्थ्य विज्ञले अब पनि नाकालाई व्यवस्थित बनाउन नसके तेस्रो लहरबाट जटिल अवस्था आउन सक्ने बताएका छन् ।

निषेधाज्ञा खुकुलो भएसँगै अहिले देशका धेरै ठाउँमा कोरोनाका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । दैनिक सङ्क्रमित बढेपछि कोरोना उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष, भेन्टिलेटर र साधारण शय्या भरिएका छन् ।

Next Post

४१ वटा राजनीतिक दल खारेज

२०७८ श्रावण २०, बुधबार ०८:१९
काठमाडौँ । निर्वाचन आयोगले लगातार तीन आर्थिक वर्षसम्म लेखापरिक्षण प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दलहरू खारेज गरेको छ। आयोगको मंगलबार बसेको बैठकले बुधबारदेखि लागु हुनेगरी प्रतिवेदन नबुझाउने विभिन्न ४१ वटा दलको दर्ता खारेज गरेको हो। आयोगमा दर्ता भएका १ सय ३६ वटा दलमध्ये ४१ दल खारेजीसँगै अब दलको संख्या ९५ […]

सम्बन्धित समाचार