नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन

  ।   २०७८ कार्तिक १५, सोमबार ०६:४६
तस्बिर : गृहमन्त्रीको सचिवालय।तस्बिर : गृहमन्त्रीको सचिवालय।
तस्बिर : गृहमन्त्रीको सचिवालय।

काठमाडौं । बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न गठित समितिले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले बताउनुभयो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभयो।

समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ।

प्रतिवेदनमा जाहेरीपछि अनुसन्धान भएर दुवै आरोपी हाल पुर्पक्षका लागि थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको जनाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ का निर्मला कुर्मीको बेपत्ता प्रकरणमा भने जग्गाको कुरा जोडिएको प्रतिवेदनले औँल्याएको छ।

समितिले निर्मला कुर्मीको घटनामा सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्न सिफारिस गरेको छ।

उक्त समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य थिए। रासस

Next Post

प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावपछि न्यायाधीशहरु छलफलमा

२०७८ कार्तिक १५, सोमबार ०६:४६
काठमाण्डाै | प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू सम्मानजनक निकासको लागि तयार रहेको सन्देश पठाएपछि न्यायाधीशहरु छलफलमा जुटेका छन् । न्यायाधीश मनोजकुमार शर्मामार्फत प्रधानन्यायाधीश जबराले आफू सम्मानजनक बहिर्गमनको लागि तयार रहेको र केही समय काम गरेर न्यायालयबाट बिदा लिने प्रस्ताव गर्नुभएको हो । तर उहाँले बहिर्गमनको मार्गचित्र र प्रकृतिबारे भने प्रष्ट […]