फ्रन्टलाइनमा कोभिड : हालसम्म देशभर ९८६ स्वास्थ्यकर्मी संक्रमित

नारायणी अस्पताल सबैभन्दा बढी प्रभावित

  ।   २०७७ आश्विन २८, बुधबार ०७:१२

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै सबैभन्दा धेरै प्रभावित भएका छन्‌।

संक्रमितहरूको प्रत्यक्ष निगरानी गर्नुपर्ने हुँदा धेरै अस्पतालका स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित हुन पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक तयार पारेको विवरण अनुसार हालसम्म देशभर ९८६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्‌।

​यो विवरण मन्त्रालयको सिस्टममा आएको तथ्यांक मात्र हो। तर, कतिपय संक्रमित स्वास्थ्यकर्मीहरूको संख्या यो तथ्यांकमा समावेश हुन नसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन्‌।

नारायणी अस्पताल सबैभन्दा बढी प्रभावित

केही समय अघिसम्म धेरै​ कोरोना संक्रमितको उपचार गर्दै आएको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरू सबैभन्दा धेरै प्रभावित भएका छन्। सोही अस्पतालमा कार्यरत रहेका १०९ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्‌।

​नारायणीपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ

विराटनगरको कोशी अस्पतालमा कार्यरत ९२ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, धरान उपत्यकाकै अर्को ठूलो अस्पताल विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८९ जना स्वास्थ्यकर्मीलाई कोरोना लागेको छ।

अछाममा १२ जना, बाजुरामा सात जना, बाँकेमा आठ जना र भक्तपुरमा १९ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। प्रादेशिक अस्पताल सुर्खेतमा ५० जना, धुलिखेल अस्पतालमा ३२ जना, गजेन्द्रनारायण सिंह अस्पताल २१ जना, गण्डक अस्पताल वीरगञ्ज चार जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ जना, कलैया अस्पतालमा ६ जना, नेपाल पुलिस अस्पताल १३ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पाँच जना, वीरेन्द्र सैनिक अस्पताल १८ जना, त्रिवि शिक्षण अस्पताल ४२ जना, बयोधा अस्पताल ६ जना र विद ल्याब काठमाडौंमा नौ जनामा संक्रमण पुष्टि भएको छ।

ल्याबमा काम गर्ने १०३ स्वास्थ्यकर्मी पनि संक्रमित

मन्त्रालयको विवरण अनुसार देशभरका विभिन्न प्रयोगशालामा काम गर्ने १०३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

काम गर्ने स्थान नखुलेको बाराका ४९ जना, धनुषामा ६२ जना, काठमाडौंमा ६ जना, रौतहटमा १६ जना, सर्लाहीमा २२ जना र सिराहा १० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह(प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए।

तर, मन्त्रालयसँग काठमाडौंलगायत देशका विभिन्न भागमा रहेका केही सरकारी तथा निजी अस्पतालमा काम गर्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी संक्रमित भएको तथ्यांक आएको छैन। जसले गर्दा संक्रमित स्वास्थ्यकर्मी अझै धेरै हुनसक्ने मन्त्रालयको अनुमान रहेको जनाएको छ। थाहाखबर

Next Post

दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

२०७७ आश्विन २८, बुधबार ०७:१२
  स्टकहोम । आजको अर्थव्यवस्थामा लिलामी निकै प्रचलित छ । गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सीमा यही लिलामी विधिको प्रयोग हुने गरेको छ । यही लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकीलाई अर्थशास्त्र तर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान […]

सम्बन्धित समाचार