कोरोना जितेका दाहालललाई १ लाख रुपैयाँ प्रदान

  ।   २०७७ भाद्र ३०, मंगलवार १४:५४

नेपालगन्ज । कोरोना संक्रमणबाट मुक्त हुनुभएका पत्रकार खगेन्द्र दाहालले १ लाख रुपैयाँ प्राप्त गर्नु भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ महासचिव भेषराज बस्नेतले आज मंगलबार १ लाख रुपैयाँ कोरोन विमाको रकम प्रदान गर्नु भएको हो ।

संसार भर फैलिएको कोरोना महामारीले थिला थिला पारेकाबेला प्रदेश ५ पत्रकार महासंघको समन्वय र ५ नं. प्रदेश सरकारको सहयोगमा सिखर इन्स्योरेन्सले ५ नं. प्रदेशका ७ सय बढी पत्रकारहरुको कोरोना बिमा गरेको थियो ।

महासचिव बस्नेतका अनुसार पत्रकार दाहालका साथै बर्दियाका पत्रकार कमल पन्थीलाई पनि बिमा रकम प्रदान गरिएको छ । फ्रन्टलाइनमा रहेर रिपोर्टिङ गर्ने पत्रकारहरुलाइ प्रदेश ५ पत्रकार महासंघको पहलमा प्रदेश ५ सरकारले गरेको सहयो सोरुप कोरोना बिमा हस्तान्तरण गरिएको महासचिव बस्नेतले बताउनु भयो ।

बिमा रकम बुझ्दै पत्रकार दाहले महासंघले गरेको सकारात्मक काम प्रशंसा गर्नु भयो । पत्रकार दाहालले भन्नुभयो, “रिपोर्टिङ गर्ने क्रममा आफु कोरोना संक्रमित बन्नु परेको हो, पत्रकारको पीडा बुझेर यस्तो राहतको व्यवस्था गरेकोमा पत्रकार महासंघ र प्रदेश ५ सरकारलाई धन्यवाद दिन्छु ।”

 

Next Post

शैक्षिक संस्थाहरू अर्को सूचना नआएसम्मका लागि बन्द नै राख्‍ने निर्णय

२०७७ भाद्र ३०, मंगलवार १४:५४
काठमाडौं । सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्‍ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । “सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, […]