शैक्षिक संस्थाहरू अर्को सूचना नआएसम्मका लागि बन्द नै राख्‍ने निर्णय

  ।   २०७७ भाद्र ३०, मंगलवार २२:०३

काठमाडौं । सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्‍ने निर्णय गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

“सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भीक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुनेछन्,” मन्त्री ज्ञवालीको भनाइ थियो ।

Next Post

विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा कोइराला नियुक्त, कुलमानको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा

२०७७ भाद्र ३०, मंगलवार २२:०३
काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गर्नुभएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि मन्त्री पुनले वरिष्ठ उपकार्यकारी निर्देशक रहेका कोइरालालाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गर्नुभएको हो । उहाँलाई वरिष्ठताका आधारमा नियुक्त […]

सम्बन्धित शीर्षक